प्रवासी नेपाली एकता मञ्च अष्ट्रेलियाद्वारा कमिटी विस्तार (सूचीसहित)

काठमाडौँ, २४ माघ । अष्ट्रेलियामा बसोबास गर्ने नेपालीहरुको संगठन प्रवासी नेपाली एकता मञ्चद्वारा कमिटी विस्तार गरेको छ ।

कमिटीले शुक्रवार विज्ञप्ती जारी गर्दै कुल एक सय ३५ सदस्यीय कार्यसमिति निर्माण गरेको छ । कमिटीमा ८७ जना नयाँ सदस्यहरुलाई जिम्मेवारी प्रदान गरेको हो । त्यस्तै भेलाले सल्लाहकार समितिको समेत विस्तार गरी कुल ११ जना पुर्याएको कमिटीका अध्यक्ष रमेश पाण्डेद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

समृद्ध नेपाल सुखी नेपालीको अभियानकर्ता नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको यात्रालाई कसैले रोक्नु नहुने उल्लेख गर्दै नेपालमा नेकपाभित्र आन्तरिक विवादका कारण मुलुकलाई अध्यारो यात्रामा लानु नहुने उल्लेख गरेको छ । सत्ता स्वार्थ र कुर्सीको लागि गरिएको पार्टी विभाजनको अवस्था सिर्जना हुने दुःखद् भएको उल्लेख गर्दै आफ्नो व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताको लागि समर्पित हुन नेकपाका नेतृत्वलाई आग्रह समेत गरेको छ ।

विदेशमा सिकेको सिप, ज्ञान, दक्षता, अनुभव तथा आधुनिक प्रविधिको नेपालमा अधिकतम उपयोग गरी आम नेपालीको तिव्र विकास प्रतिको चाहनालाई पुरा गर्नुपर्नेमा जोड दिँदै नेपालमा पार्टीभित्रको विभाजनले विदेशमा रहनुभएका समपूर्ण नेकपाका कार्यकर्ता, आस्थावान तथा आम नेपालीहरु विभाजित हुनु नहुने उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ साउन । सञ्चारमाध्यममा प्रकाशित/प्रसारित सामग्री साभार गरी सम्प्रेषण गर्दा अनिवार्यरूपमा मूल स्रोतको अनुमति लिएरमात्र सम्प्रेषण गर्न/गराउन प्रेस काउन्सिलल

काठमाडौँ, २१ साउन । राष्ट्रिय शैक्षिक परामर्श संघ (नेका)ले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटगरी शिक्षा ऐन व्यवसायी मैत्री बनाउन माग गरेको

काठमाडौँ, २१ साउन । केही दिन अघि शेरबहादुर देउवा नेतृत्वको गठबन्धनको सरकारले भूमि समस्या समाधान आयोगलाई विघटन गरेसँगै आन्दोलनमा उत्रिएका

काठमाडौँ, २१ साउन । थप ३ हजार ९ सय ३८ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ७ लाख