कांग्रेस नेता पौडेलद्वारा प्रचण्ड–माधवलाई कडा झड्का

दमौली, २४ माघ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद विघटनको मुद्धालाई आन्दोलनबाट नभई अदालतबाट आउने फैसलाको पक्षमा आफूहरु रहेको बताउनुभएको छ ।

रिपोर्टस् क्लबले आज दमौलीमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा वरिष्ठ नेता पौडेलले अदालतले गरेको निर्णयलाई कांग्रेसले स्वीकार्ने उल्लेख गर्दै तत्काल पुष्पकमल दाहाल प्रचण्ड – माधवकुमार नेपाल तथा अन्य दलसँग संसद विघटनको विरुद्धमा सहकार्य गरी संयुक्त आन्दोलनको बारेमा अहिले नसोचिएको बताउनुभयो । प्रचण्ड–माधवले वरिष्ठ नेता पौडेललाई प्रयोग गरी मुलकुलाई थप अस्थिरताको बाटोमा लैजाने प्रयास गर्नुभएको थियो । नेता पौडेलको उक्त अभिव्यक्तिले प्रचण्ड माधव समूहलाई झड्का लागेको छ । पौडेललाई प्रयोग गरी प्रचण्ड–माधवले कांग्रेसमा समेत व्यापक मात्रामा वितृष्णा फैलाइएको थियो ।

देशलाई अस्थिरतातर्फ लैजान नहुनेमा जोड दिँदै नेता पौडेलले देशमा स्थायित्व र समृद्धि आवश्यक रहेको बताउनुभयो । नेपाली कांग्रेसले मात्रै देश विकास गर्नसक्ने दाबी गर्दै वरिष्ठ नेता पौडेलले नयाँ राजनीतिक ध्रुवीकरणले कांग्रेसलाई सो अवसर प्राप्त भएको चर्चा गर्नुभयो । वरिष्ठ नेता पौडेलले कांग्रेसलाई भरोसाको केन्द्र बनाउनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ साउन । स्वास्थ्य मन्त्रालयले स्मार्ट लकडाउन गर्न कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई सिफारिस गरेको छ । शुक्रबार

काठमाडौँ, १५ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी चैत मसान्तसम्म सबै नेपालीले खोप पाउने बताएको छ । आज एक

बुटवल, १५ साउन । लुम्बिनी प्रदेशसभामा जनता समाजवादी पार्टी (जसपा)का तीन जना सांसद पदमुक्त भएका छन् । प्रदेशसभा सचिवालयका सचिव

काठमाडौँ, १५ साउन । आजको प्रतिनिधि सभाको बैठक आज १ बजेदेखि सुरु भएको छ । प्रत्यक्षप्रसारण (LIVE)