बेलायतमा २४ घण्टामा १०१४ जना कोरोना संक्रमितको मृत्यु

एजेन्सी, २४ माघ । बेलायतमा पछिल्लो २४ घन्टामा थप १०१४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले दिएको जानकारी अनुसार बेलायतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ११ हजार २६४ पुगेको छ । मृतक संख्याका आधारमा बेलायत विश्वको  पाँचौं स्थामा पर्दछ ।

त्यस्तै पछिल्लो २४ घन्टामा १९ हजार ११४ जना नयाँ संक्रमित थपिएका छन् । नयाँ थपिएका संक्रमितसँगै बेलायतमा कोरोना संक्रमितको संख्या ३९ लाख ११ हजार ५७३ पुगेको छ । बेलायतमा कोरोना संक्रमण दर पछिल्लो समयमा केहि कम भएको तथ्याँकले देखाएको छ । हाल बेलायतमा कोरोना संक्रमण दरको सूचक मानिने ‘आर” नम्बर ०.७ र १ को बीचमा रहेको छ ।

शुक्रबार सार्वजनिक तथ्याँकअनुसार बेलायतमा एक करोड ९ लाख भन्दा बढीले कोरोना विरुद्धको खोपको पहिलो डोज लिइसकेका छन् । डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले दिएको जानकारी अनुसार हालसम्म एक करोड ९ लाख ७१  हजार ४७ जनाले खोपको पहिलो डोज लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

कपिलवस्तु, १९ साउन । विद्यालयलाई विद्याको मन्दीर मान्ने गरिन्छ र शिक्षकलाई बिद्या मन्दिरको पुजारी । प्राय पार्टीका कार्यक्रममा हिड्ने सरकारि

काठमाडौँ, १९ साउन । नेकपा एमालेको युवा नेता राजिव पहारीले परमादेशबाट वनेको सरकार प्रमुख शेरबहादुर देउवा नेपाली राजनीतिको घृणित नेताको

काठमाडौँ, १९ साउन । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री लालबाबु पण्डितले गठबन्धनको भारतीलाई कम्फर्टेवल सरकार छिट्टै नास हुने दावी गर्नुभएको

काठमाडौँ, १९ साउन । सरकारले भूमि सम्बन्धी समस्या समाधान आयोग विघटन गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले