साढे २ करोड नेपालीको हातमा इन्टरनेट, प्रयोगकर्ता बढे

काठमाडौँ, २४ माघ । कोभिड–१९ महामारीसँगै सुरु गरिएको लकडाउन र भर्चुअल अनलाइन कक्षाका कारण नेपालमा इन्टरनेट प्रयोगकर्ताको संख्या अत्यधिक बढेको छ । नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांकलाई आधार मानेर बिदेसिएका नेपालीलाई कटाएर विश्लेषण गर्दा नेपालमा इन्टरनेट प्रयोगकर्ताको संख्या कुल जनसंख्याको हाराहारीमै पुुगेको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार हालसम्ममा साढे २ करोडको हातमा इन्टरनेट पुगेको छ । एक व्यक्तिसँग २ देखि ३ वटा सिम हुने भएकाले सबै नेपालीको पहुँचमा इन्टरनेट पहुँच पुगेको छैन ।

प्राधिकरणको गत कात्तिकसम्मको तथ्यांकलाई मात्र केलाउने हो भने पनि २ करोड २९ लाख २१ हजार १ सय ८० जनाको पहुँचमा उच्च गतिको ब्रोडब्यान्ड इन्टरनेट पुगेको छ । जसमा इन्टरनेट सर्भिस प्रोभाइडर (आईएसपी)हरूको मात्र ५० लाख ३० हजार ९ सय ४९ वटा लाइन वितरण गरिएको छ ।

यसबाट वाईफाई जेनेरेट गरी धेरैजनालाई बाँडफाँट गरिने हुँदा पहुँचको संख्या अझ बढी हुने बताइएको छ । व्यक्तिगत रूपमा नेपाल टेलिकमको मोबाइलबाट फोरजी लिनेकै संख्या २० लाख ४९ हजार ९ सय १६ छ ।

नेपाल टेलिकमको डाटा (इमेल, इन्टरनेट आदि) सेवाका प्रयोगकर्ता २०७७ मंसिरको अन्त्यसम्ममा कुल १ करोड ६४ लाख ९ हजार ५ सयभन्दा बढी पुगेको छ । सोमध्ये जीएसएम मोबाइलको डाटा सेवाका प्रयोगकर्ता १ करोड ५९ लाख ९९ हजार, एडीएसएल सेवाका प्रयोगकर्ता १ लाख ८१ हजार ५ सय, एफटीटीएच डाटा सेवाका प्रयोगकर्ता ६८ हजार र वाईम्याक्स सेवाका प्रयोगकर्ता १८ हजार ५ सय रहेको टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले बताए ।

जीएसएम फोरजीतर्फ हालसम्म करिब २५ लाख ग्राहक पुगिसकेका छन् । एलटीई एडभान्स्ड फोरजी मोबाइल सेवा ७७ वटै जिल्लाका ६२० स्थानीय तहसम्म पुगिसकेको पनि अधिकारीले जानकारी दिए ।

टेलिकमले फाइबर टु द होम एफटीटीएच सेवा ४२ जिल्लामा पुगेको छ । एउटै फाइबरबाट भ्वाइस, इन्टरनेट तथा टिभी उपलब्ध हुने भएकाले हालसम्म १ लाख १५ हजार ग्राहक पुगिसकेको बताइएको छ । कोभिड–१९ पछि मात्र मोबाइल इन्टरनेट, ब्रोडब्यान्डलगायतका ग्राहक २५ लाखले बढेको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ ।

सूचना प्रविधिको माध्यमबाट काम गर्ने परिपाटी बढेको र ११ चैत २०७६ को बन्दाबन्दीपछि धेरैजसो कार्यालयको काम घरबाटै गर्न थालिएपछि नेपालमा इन्टरनेटको प्रयोगकर्ता बढेको बुझाइ प्राधिकरणको छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ फागुन । नेपाल राष्ट्र बैंकले आज शनिबार तोकेको विनिमय दर अनुसार यस प्रकार रहेको छ । Exchange Rate

काठमाडौँ, २१ फागुन । नगदरहित कारोबारलाई विस्तार गर्दै देशभर सहज डिजिटल कारोबारको प्रोत्साहन गर्ने उद्देश्य अनुरुप यस एन आई सी

काठमाडौँ, २१ फागुन । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन तोलामा ९ सयले

जुम्ला, २१ फागुन । जुम्लामा गत वर्षको तुलनामा यस वर्ष स्याउ उत्पादनमा दोब्बर गिरावट आएको छ । यहाँको जुम्ली स्याउको

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021