हिजो जनतालाई लुट्ने काम भयो, सरकारले क्षतिपूर्ति दिन्छ : मन्त्री पोखरेल

काठमाडौँ, २३ माघ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेकपा प्रचण्ड–माधव समूहले गरेको आमहड्तालबाट पुगेको क्षति सरकारले दिने बताएका छन् ।

आज काठमाडौँको नारायणहिटी संग्राहलय अगाडि आयोजित बिशाल सभालाई सम्बोधन गर्दै मन्त्री पोखरेलले भने, ‘हिजो एउटा ट्याक्सी चालक, जसले जसोतसो गुजारा चलाउनुभएको थियो । उहाँमाथि सांघातिक हमला, तोडफोड र आगजनी गरियो । म यही सभाबाट भन्न चाहन्छु, केपी ओली सरकारले त्यो सम्पूर्ण क्षतिपूर्तिको व्यवस्था गर्नेछ’, ।

‘हिजो आततायीहरुबाट जनतालाई दुःख दिने, जनतालाई हिजो लुट्ने काम भयो, त्यो सम्पूर्ण क्षति दिन्छौं’, पोखरेलले भने । उनले आफ्नो लडाइँ अराजकता, अस्थिरता र आर्थिक विकास हुन नदिनेहरुका विरुद्ध भएको बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ साउन । काठमाडौँ उपत्यकामा २४ घण्टामा ८५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

सिन्धुली, १३ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न पर्यटन क्षेत्रले टेवा पुर्याउने बताएकी

काठमाडौँ, १३ साउन । पछिल्लो २४ घण्टामा देशभरमा ३८४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

चित्रबहादुर केसी

काठमाडौँ, १३ साउन । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एमसीसी र संघीयताकै रटानमात्र गर्ने हो भने सत्तारुढ गठबन्धनबाट बाहिरिने चेतावनी