दिउँसै रात पार्ने प्रचण्डको प्रयास: यसरी ढाँटे जनतालाई

काठमाडौँ, २३ माघ । आफ्नो समूहले आयोजना गरेको आमहड्ताल कार्यक्रममा सहभागी हुन नेकपा (दाहाल–नेपाल) समूहका अध्यक्ष पुष्पकमल दाहाल बिहीबार बिहान पुल्चोक पुगेका थिए, जहाँ पम्फा भुसाल, विष्णु रिजाल लगायत नेता कार्यकर्ता पहिल्यैदेखि खटिएका थिए । विभिन्न नारा लगाउँदै उनीहरु सडकमा बसिरहेका थिए । दाहाल पनि त्यही हुलमा थपिए र दायाँ हातलाई तलमाथि उचाल्दै प्रतिनिधिसभा विघटनविरुद्ध नारा लगाउन थाले ।

नेकपाकै एक कार्यकर्ताले नारा लगाइरहेका थिए । दाहाल, भुसाल, रिजालसहितका नेताले कहिले जिन्दावाद र कहिले मुर्दावाद भनिरहेका थिए । उद्घोषण गरिरहेका तीन कार्यकर्ताले अर्को नारा लगाए, ‘एमसीसी चाहिँदैन ।’ एमसीसीको विरोधमा नारा लागेपछि दाहाल झस्किए र भुसाललाई अहिलेको समयमा उक्त लगाउनु ठीक नभएको संकेत गरिहाले । उनी त्यत्तिमै रोकिएनन्, आफैले नयाँ नारा पनि दिए । उनले उद्घोषकलाई इंगित गर्दै प्रतिगमनविरुद्ध जस्ता नारा लगाउन सल्लाह दिए । उद्घोषकले तत्काल त्यसलाई माने पनि ।

तर, केही समयपछि नै उद्घोषकले उही नारा दोहोरइहाले, एमसीसी चाहिँदैन । दाहाल उद्घोषकले उक्त नारा लगाउने बित्तिकै मौन बसे । त्यसपछि आफूलाई ढिलो भएको संकेत गर्दै बिदा मागेर हिँडे । त्यही विषयमा  आज बिहान पत्रकारसँग कुरा गर्दै उनले संवैधानिक निकायहरुमा भएको असंवैधानिक नियुक्तिविरुद्ध आम हड्ताल गरेकाले अरु नारा नलगाउन भनेको बताउदै उनले जनतालाई ढाँटेका छन  । उनले भने, ‘म एमसीसीको समर्थनमा गएँ, नीति बदलेँ भनेको होइनँ । अस्ति अमेरिकी राजदूतसँग कुरा गर्दा पनि मैले परिमार्जन गर्ने सम्भावना छ कि छैन ? परिमार्जन जरुरी छ भनेको छु ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ साउन । काठमाडौँ उपत्यकामा २४ घण्टामा ८५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

सिन्धुली, १३ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न पर्यटन क्षेत्रले टेवा पुर्याउने बताएकी

काठमाडौँ, १३ साउन । पछिल्लो २४ घण्टामा देशभरमा ३८४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

चित्रबहादुर केसी

काठमाडौँ, १३ साउन । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एमसीसी र संघीयताकै रटानमात्र गर्ने हो भने सत्तारुढ गठबन्धनबाट बाहिरिने चेतावनी