नेपाल टेलिकमको नाफा ९ अर्ब

काठमाडौँ, २२ माघ । नेपाल टेलिकमले आर्थिक वर्ष २०७६/७७ मा ९ अर्ब रुपैयाँ नाफा गरेको छ । आर्थिक वर्ष २०७५/७६ मा ३३ अर्ब ३० करोड रुपैयाँको कारोबार गरेको टेलिकमले आव २०७६/७७ मा ४२ अर्व ९८ करोड रुपैयाँको कारोबार गरेको छ ।

नेपाल टेलिकमले चालु आर्थिक वर्षको पहिलो तीन महिनाको वित्तीय विवरणमा साउनदेखि असोजसम्म डेढ अर्ब नाफा गरेको थियो । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४० प्रतिशतले कम हो ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा टेलिकमले १ अर्ब ५१ करोड ७७ लाख रुपैयाँ खुद मुनफा गरेको थियो । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब ६४ करोड ६७ लाख नाफा गरेको थियो ।

टेलिकमले बिहीबार आफ्नो १७ औं वार्षिक उत्सवमा सो कुरा बताएको हो । टेलिकमका अनुसार मंसिर महिनाको अन्त्यसम्ममा २ करोड ९ लाख २७ हजार जनालाई ‘भ्वाइस’ सेवा प्रदान गरेको बताएको छ ।

यसैगरी, जीएसएम मोबाइलका ग्राहक १ करोड ८४ लाख ३१ हजार रहेका छन् । त्यस्तै, सीडीएमए सेवा १८ लाख ८ हजार र पीएसटीएन सेवाका ग्राहक ६ लाख १७ हजार रहेका छन् ।

गत कार्तिकसम्मको नेपाल टेलिकमको बजार हिस्सा भ्वाइसतर्फ ५३.६५ प्रतिशत रहेको छ । साथै कम्पनीको इन्टरनेट डाटामा प्रयोगकर्ता गत मंसिर महिनासम्म १ करोड ६४ लाख ९ हजार ५ सयभन्दा बढी पुगेको कम्पनीले बताएको छ । कम्पनीका अनुसार १७ वर्षअघि कम्पनी स्थपना हुँदा ग्राहक संख्या ४ लाख २२ रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ भदाै । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले प्रतिकूल मौसम र अत्यन्त चुनौतीपूर्ण परिस्थितिका बाबजुद रसुवास्थित

काठमाडौँ, १३ भदौ । भोटेकोशी बाढीबाट पीडित जनताको राहत र उद्धारको जिम्मेवारी देशको अगाडि उभिएकाले सम्पूर्ण देशवासी, विश्वभरि छरिएर रहेका

काठमाडौँ, १३ भदौ । परराष्ट्रमन्त्री शिशिर खनालले भोटेकोसी नदीमा आएको विनाशकारी बाढी उद्धार कार्यलाई थप प्रभावकारी बनाउन छिमेकी देशहरूबाट प्राविधिक