काठमाडौँ, १८ माघ । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड पराजित भएको छ ।
गएराति भएको खेलमा लेभान्टेसँग रियल मड्रिड २–१ गोल अन्तरले पराजित भएको हो ।
रियलका लागि मार्को एसेन्सियोले खेलको १३ औं मिनेटमा गोल गरे । खेलको ३२ औं मिनेटमा लेभान्टेका जोस लुइस मोरालेसले गोल फर्काउँदै खेललाई बराबरीमा ल्याए । खेलको ७८ औं मिनेटमा लेभान्टेका रोजर मार्टीले गरेको गोल नै जितका लागि निर्णायक बन्यो ।
अंक तालिकामा रियल ४० अंककासाथ दोस्रो स्थानमा छ । दुई खेल कम खेलेको एट्लेटिकाे मड्रिड ४७ अंकका साथ पहिलो स्थानमा छ ।







