कृषिमा एकद्वार प्रणाली

काठमाडौँ, ११ माघ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र र पशुसेवा विभागले आफ्ना कार्य एकद्वार प्रणालीमा ल्याउने भएका छन् । आयात–निर्यात व्यापारमा  सहजीकरण ल्याउने उद्देश्यले आज कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा सम्झौता गरिएको छ । 

मन्त्रालयमा  भन्सार विभाग र कृषि मन्त्रालयअन्तर्गतका तीनै वटा विभागबीच सम्झौता भएको हो । सो अवसरमा कृषि मन्त्री पद्माकुमारी अर्यालले प्रविधिका प्रयोगबाट जनतालाई परिवर्तनको अनुभूति गराउन सरकार कटिबद्ध रहेको बताउनुभयो । एकद्वार प्रणालीमार्फत अन्तरराष्ट्रिय व्यापार तथा पारवहनसँग सम्बन्धित सबै सम्बद्ध पक्ष आयात–निर्यात तथा पारवहनका सम्पूर्ण आवश्यक कागजात तथा सूचना एकैपटक र एउटै प्रवेश विन्दुबाट प्रवेश  गर्न सक्छन् । 

थाइल्याण्ड, सिङ्गापुर, मलेसिया, इण्डोनेसिया, दक्षिण कोरिया, किर्गिजस्थान, अजरबैजान, जापानलगायत एशियाली मुलुकले एकद्वार प्रणालीको अभ्यास गरिरहेका छन् । भारत, पाकिस्तान, बङ्गलादेश र  मालदिभ्स तयारीका अवस्थामा छन् । विश्वमा एकद्वार प्रणाली सार्वजनिक तथा सार्वजनिक निजी साझेदारी अभ्यासमा रहेको देखिन्छ । एकद्वार प्रणालीबाट विभाग तथा कार्यालयको कार्यकुशलता बढ्ने, पारदर्शिता सूचनाको सरल आदानप्रदान, जोखिम व्यवस्थापनमा टेवा, विभिन्न निकायबीच समन्वय, विश्लेषणात्मक क्षमताको अभिवृद्धि र  विद्युतीय भुक्तानी हुने छन् । रासस

 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २० फागुन । म्यानमारमा सेनाको आक्रमणबाट बुधबार एकैदिन ३८ जना प्रदर्शनकारीको मृत्यु भएको छ । नेतृ आङ सान सुकीलगायत

एजेन्सी, १८ फागुन । फ्रान्सको अदालतले पूर्व राष्ट्रपति निकोलस सार्कोजीलाई तीन वर्ष जेल सजाय तोकेको छ । सार्कोजीले आफूविरुद्ध लागेको

एजेन्सी, १८ फागुन । भारतको २२ राज्यका १४० जिल्लामा कोरोनाको ग्राफ उकालो लागिरहेको छ ।  १० दिनअघिसम्म यस्ता १२२ जिल्ला

एजेन्सी, १८ फागुन । बेलायतलमा कोरोनाविरुद्धको खोपले कोरोनाबाट बिरामी हुने दर कारण ८० प्रतिशतभन्दा धेरै घटेको पाइएको छ । बेलायतमा खोप

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021