भारतमा कोरोना संक्रमितको संख्या १ करोड ६ लाख नाघ्यो

काठमाडौँ, ११ माघ । भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या एक करोड छ लाख ५४ हजार नाघेको छ ।

विगत २४ घण्टाको अवधिमा भारतमा १४ हजार ८४९ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड छ लाख ५४ हजार ५३३ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आइतबार जनाएको छ ।

गत २४ घण्टामा कोरोना सङ्क्रमणको कारण १५५ जनाको मृत्यु भएपछि कोरोनाभाइरसबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ५३ हजार ३३९ जना पुगेको छ । मन्त्रालयको पछिल्लो विवरणमा भारतमा एक करोड तीन लाख १६ हजारभन्दा बढी व्यक्ति सङ्क्रमणमुक्त भएको देखिएको छ । हाल भारतमा एक लाख ८४ हजार ४०८ जना सक्रिय सङ्क्रमित रहेका छन् । भारतमा एक साता अघिदेखि कोभिड–१९ विरुद्धको खोप कार्यक्रम शुरु भइसकेको छ

भारतको राष्ट्रिय राजधानी दिल्लीमा शनिबार १९७ जना थप व्यक्तिमा कोरोना भाइरसका सङ्क्रमण देखिएको र १० जनाको मृत्यु भएको छ । भारतमा कोभिड–१९ शुरु भएयता भाइरस सङ्क्रमणको कारण दिल्लीमा १० हजार ७९९ को मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

जनकपुरधाम, २० फागुन । आठ किलो लागूऔषध गाँजासहित महोत्तरीका दुई जना सर्लाहीबाट पक्राउ परेका छन् । प्रहरीका अनुसार लालबन्दी नगरपालिका–१३

काठमाडौँ, २० फागुन । त्रिभुवन विश्वविद्यालयले आफ्नो परीक्षा केन्द्रमा सीसी क्यामेरा राखिने भएको छ । वार्षिक परीक्षा प्रणाली अनुसारका परीक्षा

जनकपुरधाम, २० फागुन । सर्लाहीमा छतबाट खसेर एकजना मजदुरको मृत्यु भएको छ । सदरमुकाम मलंगवा नगरपालिका-४ पानी टंकीस्थित रामबाबु साहको

काठमाडौँ, २० फागुन । आइतबारदेखि सुरु हुने दोस्रो चरणको खोप अभियान २० दिनसम्म सञ्चालन हुने भएको छ । पहिलो १०

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021