कांग्रेस र जसपाको साथ खोज्दै प्रचण्ड–नेपाल समूह

काठमाडौँ, ११ माघ । प्रतिनिधिसभा विघटनविरुद्ध दलहरुले छुट्टाछुट्टै आन्दोलनको घोषणा गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड–नेपाल समूहले संसद् विघटनविरुद्ध दोस्रो चरणको आन्दोलनको कार्यक्रम सम्पन्न गरेर पुनः आन्दोलनको गृहकार्यमा जुटेको छ । संसद् विघटनविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टी पनि आन्दोलनमा होमिएका छन् ।

प्रचण्ड–नेपाल समूह र नेपाली कांग्रेसले केन्द्रदेखि वडा तहसम्म पुगेर विरोध प्रदर्शनको कार्यक्रम सम्पन्न गरिसकेका छन् । जसपाले पनि विरोधको कार्यक्रमलाई निरन्तरता दिएको छ । प्रचण्ड–नेपाल समूहले संसद् विघटन भएसँगै कांग्रेस र जसपालाई साथ लिएर संयुक्त आन्दोलनको घोषणा गर्न चाहेको थियो ।

संयुक्त आन्दोलनका लागि नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले कांग्रेस सभापति देउवासँग भेटेरै संयुक्त आन्दोलनमा जान आग्रह गरेका थिए । तर सभापति देउवाले उक्त प्रस्ताव स्वीकार गर्नुभएन । छुट्टाछुट्टै आन्दोलन गर्नुभन्दा संयुक्त आन्दोलनबाट अगाडि बढ्नुपर्ने भन्दै प्रचण्ड–नेपाल समूह अहिले कांग्रेस र जसपाका नेताहरुसँगको आन्तरिक गृहकार्यमा जुटेको छ । याे समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ फागुन । नेपाल राष्ट्र बैंकले आज शनिबार तोकेको विनिमय दर अनुसार यस प्रकार रहेको छ । Exchange Rate

काठमाडौँ, २१ फागुन । नगदरहित कारोबारलाई विस्तार गर्दै देशभर सहज डिजिटल कारोबारको प्रोत्साहन गर्ने उद्देश्य अनुरुप यस एन आई सी

काठमाडौँ, २१ फागुन । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन तोलामा ९ सयले

जुम्ला, २१ फागुन । जुम्लामा गत वर्षको तुलनामा यस वर्ष स्याउ उत्पादनमा दोब्बर गिरावट आएको छ । यहाँको जुम्ली स्याउको

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021