गौरवशाली इतिहासलाई नष्ट गरेर मुलुक समृद्ध बन्न सक्दैन : अध्यक्ष थापा

हेटौंडा, ९ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले नेपालको सदियौंदेखीको गौरवशाली इतिहासलाई नष्ट गरेर मुलुक समृद्ध बन्न नसक्ने दावी गर्नुभएको छ ।

आज मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थापाले नेपालको गौरवशाली इतिहासलाई नष्ट गरेर मुलुक समृद्ध बन्न नसक्ने ठोकुवा गर्दै धर्म, संस्कृति र पहिचान रक्षाको निमित्त नयाँ पुस्ता अग्रसर हुनुपर्नेमा जोड दिनुभयो ।

अध्यक्ष थापाले काङ्ग्रेस र कम्युनिष्टले लिएको गलत बाटोले मुलुकलाई अधोगतितर्फ लागेकोले अब राप्रपालाई विकल्पको रुपमा स्थापित गर्नुपर्ने आवश्यकता औल्याउनुभयो । २०६२/०६३ पछि अबलम्बन गरिएको त्रुटिपूर्ण मार्गचित्रका कारण मुलुक संकटको दलदलमा भासिएको उहाँले बताउनुभयो ।

फरक विचार सहितको राष्ट्रवादी शक्ति निर्माणमा राप्रपा लागिरहेको चर्चा गर्दै अध्यक्ष थापाले मुलुक बनाउन र बचाउन राप्रपा बलियो हुनैपर्ने विचार व्यक्त गर्नुभयो । भ्रष्टाचार, धर्म परिवर्तन, सर्वसत्तावाद र वेरोजगारी अहिलेको प्रमुख समस्या भएको भन्दै अध्यक्ष थापाले मुलुकलाई निकास दिन सबै शक्ति र विचार अट्ने राज्य प्रणाली आवश्यक भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ फागुन । नेपाल राष्ट्र बैंकले आज शनिबार तोकेको विनिमय दर अनुसार यस प्रकार रहेको छ । Exchange Rate

काठमाडौँ, २१ फागुन । नगदरहित कारोबारलाई विस्तार गर्दै देशभर सहज डिजिटल कारोबारको प्रोत्साहन गर्ने उद्देश्य अनुरुप यस एन आई सी

काठमाडौँ, २१ फागुन । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन तोलामा ९ सयले

जुम्ला, २१ फागुन । जुम्लामा गत वर्षको तुलनामा यस वर्ष स्याउ उत्पादनमा दोब्बर गिरावट आएको छ । यहाँको जुम्ली स्याउको

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021