नन भेज आन्दोलन: ‘सप्पै फिरी आ हो के’

निर्मल घिमिरे

अस्ती समाचारमा हेरिनस् र तैले ? हाम्रो सबैभन्दा ठूला कमरेडले भनिसक्नु भाछ, माङसाहारी आन्दोलन गर्ने भनेर, त्यसैले जम के केटा हो, काठमाडौँमा झ्याप्प मासु भात खाने हो ।

कक्षा १० मा पढ्दै गरेको सुन्दरेलाई गाउँ कै एक ‘काम्रेड’ले फकाउँदै पर्सी हुने आन्दोलनमा हिड्न भन्यो । “तर काका सेण्ट अप आउन लाज्ञा छ । घर मै थपक्क बसेर नपढेर लुखुर-लुखुर हिडीस् भने खुट्टा-सुट्टा भाच्छु भन्या छन् बा ले” सुन्दरेले जान नसक्ने भाव प्रकट गर्‍यो । थाह नदिइ आइजो न । निपर्सी त आइ हालिन्छ नि केटा । आए पछी तेरो बाउलाई म सम्झाउला नि ।

अनि हाम्ले क्यार्नु पर्छ त काका ? सुन्दरेले जान्न चाह्यो । केइ अर्नै पर्दैन …! टक्क यो रातो फेटा आध्नु, अनि यो झण्डा बोकेर बस… आ छतमा चढेर पुरै रमाइलो हेर्दै सरर… हावा खाँदै अधिनायकवाद – मुर्दावाद भन्नु ।

त्यो भनेको चाही के हो नि काका ? सुन्दरेले सोध्यो

तिमारु बुझ्नै पर्दैन के डिट्टेलमा । मात्र तेती भन्नु ठूलो स्वरले । भोली ठिक ५ बजे तक चौरातीमा आइजो है जस्सरी नि , “सप्पै फिरी आ हो के … सुन्दरे हिन भोली जसरी पनि काठाण्डु ।” छोड्का कमरेडले तरिका सबीस्तार लगायो ।

तर काका …
तर, सर छोड्दे के । बरु तेरा दुइ चार जना साथीहरुलाई पनि भन । कस्तो रमाइलो हुन्छ्, ठुल्ठुला मान्छे देख्न पाउँछस्, कोण सभा हुन्छ्, सर्वसत्तावाद र निरङ्कुशता बिरुद्द आगो उकेल्ने गरी बड्का काम्रेडहरुको भाषण सुन्न पाउँछस् । कमरेडले फकायो ।

“बढा दशैंदेखी मासु खाइया छैन । कुरो ठिकै हो” जस्तो लाज्ञो, शहर पनि हेरिने मुख पनि हेरिने “भन्ने लागेर सुन्दरे आफ्नो स्कुलका ३ जना सहपाठीलाई पनि फकाएर उहि काका कम्रेडले निर्देशन बमोजिम विद्यालयबाट चारै जना भागी आन्दोलनकारीको लिडरले रिजर्भ गरि राखेको बसको छतमा चड्छन् ।

काठमाडौँको खुल्ला मन्चमा यो कोरोनाको माहामारी बिच पनि नेताहरुले सुन्दरे र उसका साथीहरु जस्तै धेरै मान्छेहरुलाई ललाइ-फकाइ उकासी-उकासी उतारेका रहेछन् । नेताको भाशण भन्दा सुन्दरे र उसका साथीहरुलाई बिच-बिचमा प्रस्तुत हुने प्रदर्शन र नाचगान चाही औधी मन पर्‍यो ।

टिभीमा प्राय: देखी इरहने अनुहारका बड्का बड्का नेताजीहरुले मन्चबाट फलाक्दै थिए, “असली कम्युनिस्ट केवल हामी हौं, प्रतीनिधीसभा पुनर्गठन नै हाम्रो गौरव शाली पार्टीको माग हो । अब अधिनायकवाद बिरुद्दको यो अन्तिम बिद्रोह हो । काम्रेडले थप भन्यो, ‘जवसम्म पूँजिवादको अन्त्य भएर समाज्यवादको उदय हुन्न्, नस्लिय चिन्तन बोकेका नोकरशाहीतन्त्र, लम्पसारवाद, अराजकताको उन्मुलन हुन्न तब सम्म सामन्तवाद बिरुद्दको हाम्रो लडाइ जारी छ । कम्रेटहरु तपाईंहरुले लोकतन्त्रको रक्षाको लागी बलिदानी दिन सप्पै जना तयार हुने दिन आउनै लागिसक्यो ।”

मन्चबाट सबै भन्दा बड्का कमरेडहरुले यस्तै यस्तै बुझ्नै गार्हो हुने शब्दहरु ठुल्ठुला स्वरमा चिच्च्याइ-चिच्च्याइ भाशण गर्दै थिए । उनिहरुको भाषण बडो मुश्किलले १० प्रतिशत जती वाक्य बुझे होलान्, सुन्दरे र उनका ३ साथीहरुले ।

“बलिदानी दिन हामीलाई पो तयारी हौ भन्छन् त बाइ त्यो बुडोले” सुन्दरेको साथीले खुसुक्क साउती गर्‍यो । सबै कुरा नबुझेको हुँदा सुन्दरेले छेउ मै मकै भट्टमास चना बेच्ने बुढा बा लाई सोध्यो । दस वर्षे द्वन्दबाट बिस्थापित भएका पिडित रहेछन उनी बुढा पनि । बुढाबाले पनि रन्थनिदै भने, “तेइ त असत्ती बुढो, दुइ चोटीसम्म देश कै मुखिया भईसक्यो । जनबिद्रोहको नाममा हजारौं नेपाली दाजु भाई दिदी बहिनीहरुको ज्यान गयो, कयौं छोरीचेलीको सिन्दुर पुछियो, कयौं बा-आमाको काख रितियो, कयौं नाबालकहरु टुहुरा भए उनिहरुलाई सत्तामा पुर्याउन । तर मुखिया भए पछि आखिर जनताले के पाए, उनिहरु कै नाता-गोताहरुले लुटे सत्ताको स्वाद्, हिजो गाउँ घरमा दोस्रो बिहे गर्नेलाई करङ भाचिने गरी हान्न लाउने यिनैको छोरोले तीनओटी बुढी ल्यायो ।

हिजो चौतारीमा टाइम पास गर्न उठबस गर्ने सर्तमा खेलेको दहलमारा खेल्दा ५२ पत्ती तास मुखा कोच्च्याइ देका यिनै काम्रेडले अहिले फेसबुकमा म्यारिज खेल्दै गरेको फुटो हाल्छन् । करोडौं करोडको आलिसान महलमा सय जना भन्दा बड्ता गार्ड लिएर हिड्छन् । २ लाखको त पलङ मै सुत्छन रे, भाइ, छोरी, ज्वाइलाई जाल झेल गरी-गरी भए पनि देशको मुख्य ओहोदामा राख्या छन् । तेस्री नम्मर कि बुहारीलाई ल्याएर मन्त्री बनाए । ठूलाठूला ठेकेदार अनि भ्रस्टाचार गर्ने सामन्तीको घरमा बस्चन, ठूला(ठूला योजनाहरुमा लगानी गर्या छन । दैनिक उठबस ठूलाबडाहरु सँगइ हुन्छ । अनि यस्ताले उकासेकै भरमा अब पनि कसैले ज्यानको बलिदानी दिन्छ । नचाहिदो कुरा !

“हेर बाबु हो ! यि फटाहाहरुको पछी लागेर तिमीहरु आफ्नो पढाइ छोडेर यसरि इस्कुल डिरेस मै यसरी आउनु हुन्न थियो । यिनिहरु हेर केही दिन पछी देशको मुखिया हुने यिनै मध्य कुनै एक हुन् । आफु सत्तामा आउनलाई यिनिहरुले सोझा-सिधा जनताहरुलाई उचालेका हुन् । उनिहरुलाई एक प्रश्न सोध्न पाए भने म जरुर सोध्ने थिए कि । यो ओलीको सत्ता ढलेर अर्को आयो भने तिमारु यहाँ भएका कोही पनि प्राधानमन्त्री हामी हुन्नौं भनेर यही सभाबाट लिखित उद्घोष गरे भने यिनिहरुको कुरा पत्याउ पत्याम्ला नत्र भने त गफले त यिनिहरुले आकासको तारा नै झारिदिन्छन ।”

“हेर ! यस्तो कलीलो उमेर, ७ घण्टे बसको यात्रा त्यो पनि यो मध्य माघको महिनाको ठण्डीमा छतमा बसेर । उनिहरुको नाकबाट दुध कोशी झै सिगान बग्दै थियो । अझ यो कोरोना भाइरसको सन्त्रासको बेला त्यसरी भिड जम्मा गरेर केवल आफ्नो लागि यस्ता आन्दोलन गर्दा अलिकती पनि सरम लाग्दैन है यिनिहरुलाई । बुढा बा झन् रिसाउँदै ठिटाहरुलाई आइन्दा नहिड बाबु हो भनेर सम्झाउदै थिए ।”

पछी थाह भो कि, उनै बुढाले जनयुद्ध ताका आफ्नो १६ वर्षिय छोरोलाई ललाइ-फकाइ युद्धमा होमाएर ज्यान गुमाएको रहेछ । उनिहरु जस्तै गाउँले सिधा-सोझा जनताहरुलाई भर्याङ बनाएर देश क्क मुखिया भएर सत्ताको दर मार्दै हिडेका नेताको भाषण स्थलमा ‘सहिदको बुवा’ मकै भटमास नाङ्लोमा बेचेर गुजारा चलाउने गर्दै थिए ।

कार्यक्रम समापन भयो, भोकले आन्द्रा बटारिइ सकेको थियो । सबै बड्का कम्रेटहरु लन्च गर्न नजिकैको याक एण्ड यती होटलको लक्जरी किचन तिर सवारी भए भने सुन्दरे र उसका साथीहरु पनि पुर्व सर्त मुताबिक ननभेज खानाको लागी गाउँ कै छोट्का कमरेडलाई भिड-भाडमा खोज्दै गए । बल्ल तल्ल उनै काका कमरेडलाई भेटे ।

एक माना चिउरा र एक पाकेट दालमोठ को पाकेट थमाउदै “हेर केटा हो आन्दोलनको स्वरुप मात्र ननभेज रहेछ” … ल मज्जाले बल्कोनी सिट (छत्)मा सरर शितल हावा खाँदै गएर चिरिप्प यो दाल्मोठ चिउरा खाने, अनि ! बोतल पानी खानु भोलीसम्म पेट ड्याम्म अघाइन्च । राम्रो सँग समातेर बस्नु है डण्डी ।” सुन्दरे र उसका साथीहरुले मुखले सुन्ने गरी त केही भन्न सकेनन् तर मनमनै मुर्मुरिदै “चैते कमरेड” नन भेज खुवाउँछु भनेर बोलाउने अनि दाल्मोठ चिउरा र यस्तो जाडोमा छतमा राखेर मुर्गा बनाउने डाका” भनेर अमिलो मन बनाएर काठमाडौँबाट सर्लाही साझ ६ बजे फर्किए ।

हालः जापान

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ फागुन । नेपाल राष्ट्र बैंकले आज शनिबार तोकेको विनिमय दर अनुसार यस प्रकार रहेको छ । Exchange Rate

काठमाडौँ, २१ फागुन । नगदरहित कारोबारलाई विस्तार गर्दै देशभर सहज डिजिटल कारोबारको प्रोत्साहन गर्ने उद्देश्य अनुरुप यस एन आई सी

काठमाडौँ, २१ फागुन । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन तोलामा ९ सयले

जुम्ला, २१ फागुन । जुम्लामा गत वर्षको तुलनामा यस वर्ष स्याउ उत्पादनमा दोब्बर गिरावट आएको छ । यहाँको जुम्ली स्याउको

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021