काठमाडौँ, ९ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा आन्तरिक विवादका कारण दुई धार बनेको नेकपामा एक समूहबाट अर्को समूहमा आवद्ध हुने क्रम तिव्र बन्दै गएको छ । पार्टी र मुलुकको हितको लागि नभई कुर्सी र व्यक्तिगत स्वार्थका कारण पार्टीलाई तहस नहस बनाएको भन्दै पुष्पकमल दाहाल प्रचण्ड तथा माधव कुमार नेपाल समूह परित्याग गरी पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले नेतृत्व गर्र्नुभएको नेकपामा आवद्ध हुनेको संख्या देशभर उल्लेख्य मात्रामा वृद्धि हुँदै गएको छ ।
यसै क्रममा कर्णाली प्रदेश कमिटी सदस्य तथा दलित मुक्ति मोर्चाका कर्णाली प्रदेशका इन्चार्ज चन्द्रबहादुर बिश्वकर्मा नेकपाको केपी ओली समूहमा आबद्ध भएका हुनुभएको छ । यस अघि नेकपा माओवादी केन्द्रबाट पोलिटब्युरो सदस्य बन्नुभएका बिश्वकर्मा ओली समूहमा आउनुभएको हो ।
पार्टी दुईचिरा भएपछि तटस्थ बस्नुभएका विश्वकर्मा ओली समूहमा आवद्ध भएको अनेरास्ववियु केन्द्रीय कमिटी सदस्य ओम प्रकाश आचार्यले जानकारी दिनुभयो । रुकुम पश्चिम चौरजाहारी नगरपालिका स्थायी घर रहनुभएका उहाँले नेपाल कम्युनिस्ट पार्टीमा युवा तथा दलित वर्गको हकमा बिभिन्न मुद्दा उठाउँदै आउनुभएको छ ।