काठमाडौँ, ९ माघ । सरकारले बैशाख १७ गतेको पहिलो चरणको निर्वाचन चार वटा प्रदेशमा गर्ने तयारी गरेको छ ।
सशस्त्र प्रहरी बलको २० औं स्थापना दिवसको अवसर पारेर सशस्त्र प्रहरीको मुख्यालयमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो चरणमा ४ वटा प्रदेशमा निर्वाचन गर्ने तयारी भईरहेको जानकारी गराउनु भएको छ । पहिलो चरणमा प्रदेश–२, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा गर्ने तयारी गरेको हो ।
उहाँले बैशाख २७ गते प्रदेश–१, बागमति र कर्णाली प्रदेशमा निर्वाचन गराउने जानकारी दिनुभयो । उहाँले यी विषय अन्तिम निर्णय भई नसकेको तर छलफल भईरहेको बताउनु भयो । पछिल्लो समय सडकमा उत्रिएको समुहले ननभेज आन्दोलन घोषणा गरेकाले त्यसलाई सजगतापूर्वक हेर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।