शेष घलेको भाइ भन्दै विदेशीलाई करोडौँ ठगी गर्ने लामिछानेको कर्तुत सार्वजनिक

काठमाडौँ, ९ माघ । गैरआवासीय नेपाली संघ (एनआरएनए)का पूर्वअध्यक्ष तथा खर्बपति नेपाली व्यवसायी शेष घलेको भाइ भन्दै गमबहादुर लामिछानेको कालो कर्तुतहरु सार्वजनिक भएका छन् । लमजुङ जिल्लाको घनपोखराका लामिछानेले काठमाडौँमा न्यायाधीश पत्नी, चिनियाँ व्यवसायी दम्पत्तिदेखि बैंक र सहकारीसम्मलाई ठगी गरेको रहस्य बाहिरिएको छ ।

वर्षौंदेखि विभिन्न बैंक तथा वित्तीय संस्थाको खातामा एक रुपैंयाँ नभएपनि थोरै पैसा लिएर ठूलो रकमको चेक भिडाउँदै हिँड्ने गरेको धेरैवटा प्रमाण सार्वजनिक भएको छ । करोडौंको कुरो गर्ने, त्यहिबमोजिम चेक काटेर अरुलाई दिने तर, बासचाहिँ सामान्य डेरामा बस्ने गरेका लामिछाने आफूलाई पूर्व राजपरिवार निकट व्यक्ति र विभिन्न राजनीतिक दलका नेता निकट भन्दै सयौंलाई ठग्न सफल भएको तथ्य सार्वजनिक भएका छन् ।

नेपालमा लगानी गरेर ठूलो व्यवसाय गर्ने योजना बनाएका चिनियाँ दम्पतिलाई लामिछानेले शेष घलेको भाइ भएकाले वैदेशिक लगानीसम्बन्धी सबै ज्ञान भएको बताएका थिए । ‘विदेशीले नेपालमा सोझै लगानी गर्न पाउँदैन, अचल सम्पत्ति खरिद गर्न त झनै पाउँदैन’ भनेर उनीहरुकै पैसामा सामाखुशी चोकबाट ग्राण्डी हस्पिटल जाने टोखा रोडमा ६ करोड ५० लाख रुपैयाँ तिराएर एउटा घर किनाए । घर किनाए बापत एक करोड १० लाख कमिशन खाएर उक्त घर आफ्नै नाममा पास गर्न समेत सफल भए । आफ्नो नाममा पास गरेको घर एक हप्ताभित्र चिनियाँ दम्पत्तिलाई फिर्ता गर्ने कागज गरेका लामिछानेले दुई वर्ष वित्न लाग्दा पनि आफ्नो वाचा पुरा गरेनन् ।

चिनियाँ दम्पत्तिलाई घर फिर्ता गर्नु त कता हो, त्यही घर धितो राखेर सेन्ट्रल फाइनान्स, कुपण्डोलबाट करिव २ करोड ऋण निकालेर अपचलन गरेका छन् । सहकारीबाट झिकिएको लाखौं ऋणले मोजमस्ती गर्ने लामिछानेले चिनियाँ व्यवसायीद्वारा संचालित चितवनको घाँस फ्याक्ट्री समेत आफ्नै हो भनी अरुलाई ठगी गर्दै आईरहेका छन् । गत हप्ता मात्रै २ करोड रुपैयाँ सभिल बैंकबाट झिकेर उनले सेन्ट्रल फाइनान्सलाई तिरेपछि बैंकबाट थप ४ करोड निकाल्ने प्रयास गर्दा शंकास्पद देखिएपछि अहिले काठमाडौँ जिल्ला अदालतले कारोबारमा रोक लगाएको बुझिएको छ ।

२०४९ सालमा लमजुङ्ग जिल्ला प्रशासन कार्यालयबाट निकालिएको नागरिकताको आधारमा २०६७ सालसम्म तेस्रो प्रतिलिपि बनाएका थिए । उनले हरेक प्रतिलिपिबाट नयाँ ठाउँ, नयाँ प्रयोजन र नयाँ कारोबार गर्ने गरेको पुष्टि भएको छ ।

कारोबारलाई हेर्दा उनी कर्जा सूचना केन्द्रको कालोसूची नम्बर १०७३०, १०७०८, १०६८४ र ३९१९ मा यसअघि नै परिसकेका व्यक्ति हुन् । उक्त नम्बरको आधारमा उनी २०६८ भदौ १६ गतेदेखि २०७६ साउन मसान्तसम्म कालो सूचीमा कायम रहेको देखिन्छ । तर, त्यसबीच बैंकिङ्ग कारोबार कसरी गरे त्यो पाटो झन् रहस्यमय बनेको छ ।

पछिल्लो पटक काटेको सिद्धार्थ बैंकको तीनवटा चेकमध्ये दुईवटा आगामी चैत २८ गतेको र एउटा गत पुस २८ गतेको छ । ती चेकमा क्रमशः ९५ लाख, १ करोड ९४ लाख र २ करोड रुपैयाँ लेखिएको छ । तर खातामा रकम शुन्य छ ।

शैलुङेश्वर प्रगतिशील बचत तथा ऋण सहकारी, क्षेत्रपाटीलाई आफूले चढ्ने गरेको जीपमा लाखौं फसाइदिएका छन् । हालसम्म किस्ता भुक्तानी नगरेकोमा चुक्ता गर्न आउन उक्त सहकारीले दिएको ७ दिने म्यादको सूचनाबाट पनि सहकारी फसेको प्रमाणित हुन्छ ।

गत वर्षमात्रै ठगी मुद्दामा जेल चलान भएर कैदसमेत भुक्तान गरेको लामिछानेले शेष घलेको नाम बेच्दै धेरै जनालाई ठगेको प्रहरी स्रोतले बताएको छ । छुटेपछि उनले फेरि त्यहि धन्दा दोहोर्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महिला सशक्तीकरणको लागि सबैको हातेमालो आवश्यक रहेको बताएका छन् ।   आज

काठमाडौँ, १६ चैत । आज नेपाल पत्रकार महासङ्घले देशभर विविध कार्यक्रमको आयोजना गरी ६९ औँ स्थापना दिवस मनाउँदै छ । 

काठमाडौँ, १६ चैत । आगामी १० वर्षमा १० हजार मेगावाट खरिद गर्ने दीर्घकालीन सम्झौता गरेको भारतले नेपाललाई दबाबमा राख्दै सर्तसहित

काठमाडौँ, १५ चैत । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशभर लालकिल्ला स्थापित गर्नुपर्ने बताएका छन् । एमाले झापाको