एजेन्सी, ९ माघ । विश्वमा कोरोना संक्रमितको संख्या ९ करोड ५६ लाख नाघेको छ ।
विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा ६ लाख १० हजार ४१३ संक्रमित थपिएसगै कोरोना संक्रमितको संख्या ९ करोड ५६ लाख १२ हजार ८३१ पुगेको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा १४ हजार ५६९ कोरोना संक्रमितको मृत्यु भएसगै कोरोनाबाट विश्वमा मृत्यु हुनेको संख्या २० लाख ६६ हजार १७६ पुगेको छ ।