तातोपानी नाका २० दिनका लागि बन्द

काठमाडौँ, ९ माघ । उत्तरको मुख्य तातोपानी नाका भएर हुँदै आएको व्यापारिक कारोबार आगामी २० दिनका लागि बन्द गरिएको छ । नेपाल–चीन जोड्ने मितेरी पुलको मर्मत थालिएपछि बिहीबारदेखि कारोबार रोकिएको हो ।

चीनले बिहीबारबाटै मितेरी पुलको मर्मत थालेको छ । चीनले पुल मर्मत गर्न बढीमा २० दिन लाग्ने र यो अवधिभर आयात बन्द गर्ने निर्णय भएको जानकारी दिएको तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालय प्रमुख लालबहादुर खत्रीले बताए । चीनबाट आयातै नभएपछि मर्मत अवधिभर व्यापारिक कारोबार पनि नहुने उनले जानकारी दिए ।

गएको बर्खामा भोटेकोसीमा आएको बाढीले क्षति गरेको मितेरी पुलको मर्मत थालेको चीनले जानकारी दिएको छ । बाढीले पुलका दुई स्थान (पिलर) का जग केही खोतलेको थियो । त्यही खोतलेको जग पुर्न चीनले आयात बन्द गरेको प्रमुख खत्रीले बताए ।

पुल निर्माण भएको डेढ वर्षमा नै चीनले मर्मत थालेको हो । २०७२ वैशाख १२ को विनाशकारी भूकम्पले मितेरी पुल क्षतिग्रस्त बनाएपछि चीनले सोही ठाउँमा नयाँ बनाएको थियो । यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ फागुन । नेपाल राष्ट्र बैंकले आज शनिबार तोकेको विनिमय दर अनुसार यस प्रकार रहेको छ । Exchange Rate

काठमाडौँ, २१ फागुन । नगदरहित कारोबारलाई विस्तार गर्दै देशभर सहज डिजिटल कारोबारको प्रोत्साहन गर्ने उद्देश्य अनुरुप यस एन आई सी

काठमाडौँ, २१ फागुन । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन तोलामा ९ सयले

जुम्ला, २१ फागुन । जुम्लामा गत वर्षको तुलनामा यस वर्ष स्याउ उत्पादनमा दोब्बर गिरावट आएको छ । यहाँको जुम्ली स्याउको

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021