संसद पुनःस्थापना भए प्रतिगमन हुन्छः गृहमन्त्री थापा

काठमाडौँ, ८ माघ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केपी ओली समूहका नेता रामबहादुर थापा ‘बादल’ ले संसद पुनःस्थापन भए मुलुकमा प्रतिक्रान्ति हुने बताएको छन् ।

आज काठमाडौँ राष्ट्रिय सभागृहमा प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलामा बोल्दै उनले भने, ‘संसद पुनःस्थापना भयो भने मुलुकमा प्रतिक्रान्ति हुने खतरा छ । संसद पुनःस्थापना हुन मुलुकको हितमा छैन । पुनःस्थापना पनि हुँदैन ।’

प्रधानमन्त्री केपी ओलीले संसद विघटनको  साहसिक निर्णय भएको थापाले  बताउदै उनले भने, ‘देशमा अस्थिरता सिर्जना गर्न प्रतिगमन गर्ने षड्यन्त्र थियो । त्यसलाई चिर्न संसद विघटनको साहसिक निर्णय गरिएको छ । हामी प्रतिगमन षड्यन्त्र चिर्न ताजा जनादेश जाने सरकारले निर्णय लिएको हो ।’

उनले पार्टीबाट फुटेर गएका एक समूह (पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल)ले संसद् पुनःस्थापनाको मुद्दा उठाइरहेको बताउँदै त्यो सही नभएको बताएका हुन् । उनले संसद् पुनःस्थापना भए मुलकमा राजनीतिक अस्थायित्व भित्रने बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ बैशाख । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले केही समयदेखि अर्थतन्त्रमा देखिएको शिथिलतामा सुधार आउन थालेकोे बताएका छन् । 

काठमाडौँ, ६ बैशाख । डा. अन्जान शाक्य राष्ट्रियसभा सदस्यमा मनोनीत भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई बिहीबार राष्ट्रियसभा सदस्यमा

काठमाडौँ, ६ बैशाख । नेपाली कांग्रेसले गण्डकी र सुदूरपश्चिममा प्रदेश सरकार निर्माणबारे प्रदेश प्रमुखको भूमिकामाथि प्रश्न उठाएको छ । कांग्रेस

काठमाडौँ, ६ बैशाख । सिंहदरबारस्थित दक्षिण गेट अगाडि विभिन्न प्लेकार्ड बोकेर प्रदर्शन गर्ने ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।