सेरम इन्स्टिच्युटको भवनमा आगलागी

एजेन्सी, ८ माघ । भारतको पुनेस्थित सेरम इन्स्टिच्युटको भवनमा आगलागी भएको छ ।

कोरोना भाइरस (कोभिड–१९) विरुद्धको अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनेकाले विकास गरेको खोप उत्पादन गरिरहेको कम्पनीको निर्माणाधीन भवनमा बिहीबार आगलागी भएको हो ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार कम्पनीको भवनभित्र कोही पनि थुनिएका भने छैनन् । अहिले घटनास्थलमा १० ओटा दमकल पुगेका छन् र आगो निभाउने प्रयास भइरहेको छ । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार आगलागीले कम्पनीको खोप उत्पादनमा भने कुनै असर पर्नेछैन । यो भवन निर्माणधीन रहेको र कम्पनीको खोप उत्पादन केन्द्र भने सुरक्षित रहेकाले कम्पनीको उत्पादनमा कुनै असर नपार्ने अधिकारीहरुले बताएका छन् । अहिलेसम्म आगलागीको कारण भने खुल्न सकेको छैन ।

पुनेमा सेरम इन्स्टिच्युट एक सय एकड जमिनमा फैलिएको छ । सेरम इन्स्टिच्युटले अहिलेसम्म पाँच करोड डोज कोरोना खोप उत्पादन गरिसकेको छ । कम्पनीले उत्पादन गरिरहेको कोभिसिल्ड खोपलाई नेपालमा पनि अनुमति दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० फागुन । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन तोलामा १ हजारले

काठमाडौँ, २० फागुन । पेट्रोलियम पदार्थमा करको बोझका कारण उपभोक्ता चर्को मूल्य तिर्न बाध्य भएका छन्। इन्धनको मूल्यकै हाराहारी विभिन्न

काठमाडौँ, २० फागुन । अर्थ मन्त्रालयले ३१३  वटा स्थानीय तहमा निर्माणाधीन स्वास्थ्य केन्द्रका लागि एक अर्ब आठ करोड ५३ लाख

काठमाडौँ, २० फागुन । विद्युतीय भुक्तानीलाई उच्च प्राथमिकता दिएको नेपाल राष्ट्र बैंकले मोबाइल तथा इन्टरनेट बैंकिङमार्फत हुने दैनिक कारोबार सीमा

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021