कालो सपना देख्नेहरु कालो झण्डा बोक्छन : प्रधानमन्त्री ओली

काठमाडौँ, ८ माघ । नेकपा ओली समूहका अध्यक्ष एवम् काम चलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले कालो सपना देख्नेहरु कालो झण्डा बोक्नेहरु रहेको बताएका छन् ।

आज प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूहरू रातो झण्डा बोक्ने बताएका हुन् ।

उनले भने, ‘हामी रातो झण्डा फहराउने हौं, पेरिसडाडाँमा जस्तो कालो झण्डा बोक्ने होइनौं । रातो बेलुन उडाउने हौं, कालो बेलुन उडाउने होइनौं । सडकमा रातो झण्डा बोक्ने हौं, कालो झण्डा बोक्ने होइनौं ।”

प्रचण्ड-माधव समूहले पेरिसडाडाँमा आजै संसद् विघटन विरुद्ध कालो बेलुन उडाएको थियो । उनले भने, “मलाई दन्तबजान गर्नु छैन । उहाँहरुले कालो झण्डा गाडेर बस्नुभएको छ, काला बेलुन उडाउनु भएको छ, कालो सपना देख्नुभएको छ, कालो मनसाय लिनुभएको छ । केही भन्नु छैन” ।

प्रचण्ड र माधव समूहले जनतालाई अनेक हाउभाउ गरेर सिनेमा देखाइरहेको ओलीले टिप्पणी गरे । ‘सिनेमा भनेको हिरो हुन्छ, हिरोइन हुन्छ । लभ परेको हुन्छ धुमधाम । हिरोइनी घाइते हुन्छ, हिरो ब्याकुल हुन्छ । रुन्छ । वास्तवमा केही पनि होइन,’ ओलीले थपे, ‘सबै तमासा हो । केही मान्छेहरु सिनेमा देखाउन, नाटक देखाउन आउँछन् । रुन्छन्, झुक्याउँछन् जनतालाई । हामीले त्यस्ता तत्वहरुबाट सजग गराउनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । विशेष अदालतले अनलाइन प्रणालीबाटै मुद्दाको सुनुवाइ गर्न थालेको छ । बिहीबार परीक्षणको रुपमा सुरु गरिएको अनलाइन

पोखरा, १६ चैत । घान्द्रुकमा पर्यटन महोत्सव हुने भएको छ । घान्द्रुक पर्यटन व्यवस्थापन समितिको आयोजनामा चैत २७ देखि ३०

काठमाडौँ, १६ चैत । भक्तपुरको सानोठिमीमा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ । जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी बसन्त

काठमाडौँ, १६ चैत । काठमाडौँबाट पेस्तोल लगायत अवैध हातहतियारसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला प्रहरी परिसर काठमाडौँले