‘सबै नेपालीलाई निःशुल्क र गुणस्तरीय खोप उपलब्ध गराउँछौँ’

काठमाडौँ, ८ माघ । अर्थमन्त्री विष्णु पौडेलले सबै नेपालीलाई कोरोनाविरुद्धको निःशुल्क र गुणस्तरीय खोप उपलब्ध गराउन सरकार लागेको बताएका छन् ।

आज प्रधानमन्त्री केपी शर्मा ओलीनिकट पत्रकारहरुको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले कोरोनाविरुद्धको लडाइँ प्रभावकारी रुपमा अगाडि बढाएको बताए । उनले कोरोनाको खोप निःशुल्क रुपमा उपलब्ध  गराउन  सरकार प्रतिबद्ध रहेको पनि बताए ।

नेकपाका महासचिव समेत रहेका पौडेलले तोकिएकै समयमा निर्वाचन हुने पनि दाबी गरेका छन् । उनले प्रचण्ड–नेपाल समूहलाई निर्वाचनबाट आत्तिएर भागेको आरोप पनि लगाए ।

उनले निर्वाचनबाट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपा ठूलो दल बन्ने जिकिर गरे । उनले भने, “केपी शर्मा ओलीको नेतृत्वको नेकपा निर्वाचनबाट नेपालको सबैभन्दा ठूलो दलको हैसियतमा बहुमत प्राप्त दल बन्नेछ ।’

पौडेलले प्रचण्ड–नेपाल निर्वाचन आयोगमा गएर निर्वाचन नगर्न आयोगलाई धम्की दिएको भन्दै त्यो हाँस्यास्पद भएको बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० फागुन । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन तोलामा १ हजारले

काठमाडौँ, २० फागुन । पेट्रोलियम पदार्थमा करको बोझका कारण उपभोक्ता चर्को मूल्य तिर्न बाध्य भएका छन्। इन्धनको मूल्यकै हाराहारी विभिन्न

काठमाडौँ, २० फागुन । अर्थ मन्त्रालयले ३१३  वटा स्थानीय तहमा निर्माणाधीन स्वास्थ्य केन्द्रका लागि एक अर्ब आठ करोड ५३ लाख

काठमाडौँ, २० फागुन । विद्युतीय भुक्तानीलाई उच्च प्राथमिकता दिएको नेपाल राष्ट्र बैंकले मोबाइल तथा इन्टरनेट बैंकिङमार्फत हुने दैनिक कारोबार सीमा

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021