काठमाडौँ, ७ माघ । चलचित्र ‘छ माया छपक्कै’ युटुबमा रिलिज भएको छ ।
चलचित्रको डिजिटल अधिकार लिएको आमा अग्नीकुमारी मिडियाले यो चलचित्रलाई आफ्नो च्यानलमा रिलिज गरेको हो ।
चलचित्रको पाइरेसी भएपछि यसलाई हतारमा युटुबमा रिलिज गरिएको छ । गतबर्षको सर्वाधिक ग्रस कमाई गर्न सफल यो चलचित्रलाई रोहित अधिकारीले निर्माण गरेका हुन् भने दीपेन्द्र लामा यसका निर्देशक हुन् । चलचित्रमा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, केकी अधिकारी, सुपुष्पा भट्ट लगायतका कलाकारको अभिनय छ ।