अनमोललाई नयाँ फिल्मको अफरै अफर

काठमाडौँ, ६ माघ । नायक अनमोल केसीलाई यतिबेला नयाँ चलचित्रको अफर आइरहेको छ । ‘चलचित्र ‘ए मेरो हजुर ४’को ९० प्रतिशत छायांकन सकेर बसेका अनमोल अब नयाँ चलचित्र ‘पारस’को तयारीमा लागेका छन् ।

यो चलचित्रका लागि अनमोल हरेक दिन जीम धाइरहेका छन् । अनमोलले आफ्नै होम प्रोडक्शनको चलचित्रको मात्र होइन, बाहिरी ब्यानरका चलचित्रको स्क्रिप्ट पनि पढिरहेका छन् । अनमोलले भने–‘आधा दर्जन चलचित्रको अफर आएको छ । यसमध्ये २ वटा चलचित्रको कथा मन परेको छ । तर, सबैले मलाई वान लाइन मात्रै सुनाउनु भएको छ । पूर्ण स्क्रिप्ट आएपछि काम गर्ने वा नगर्ने पक्का हुन्छ ।’

उनका अनुसार अर्को बर्ष ३ वटा चलचित्र रिलिज हुनेछ । ‘ए मेरो हजुर ४, पारस’ र अर्को एक चलचित्र रिलिज हुने संभावना रहेक छ । अनमोलले चलचित्र साइन नगरी मिडियामा सार्वजनिक गर्दा पछि अप्ठ्यारो पर्न सक्ने भएकाले पनि केही समय चलचित्रको नाम सार्वजनिक गर्न नमिल्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ फागुन । नेपाल राष्ट्र बैंकले आज शनिबार तोकेको विनिमय दर अनुसार यस प्रकार रहेको छ । Exchange Rate

काठमाडौँ, २१ फागुन । नगदरहित कारोबारलाई विस्तार गर्दै देशभर सहज डिजिटल कारोबारको प्रोत्साहन गर्ने उद्देश्य अनुरुप यस एन आई सी

काठमाडौँ, २१ फागुन । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन तोलामा ९ सयले

जुम्ला, २१ फागुन । जुम्लामा गत वर्षको तुलनामा यस वर्ष स्याउ उत्पादनमा दोब्बर गिरावट आएको छ । यहाँको जुम्ली स्याउको

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021