बाबु छत्कुली, राष्ट्रिय युवा संघ नेपाल
आज बदलिँदो राजनीतिक अवस्थासँगै लगभग सबै नेतृत्व पंक्तिको दिनचर्या बदलिएको र ब्यस्तता बढेको त छ नै तर अहिले सबैभन्दा बलियो र अपार जनसमर्थनका साथ देशब्यापी जनजागरण अभियान चलाउँदै मृत प्राय: भैसकेको युवा संघलाई नवजिवन प्रदान गर्दै खटिरहनु भएको छ महेश बस्नेत ।
आदरणीय युवा नेता श्रद्धेय महेश बस्नेत ज्युको पार्टी तथा संगठन एकिकरणको कामले पूर्णता नपाउँदै कार्यकारी अध्यक्ष प्रचण्ड र अर्का वरिष्ठ नेता माधव कुमार नेपालमा पद लोलुप्ताको कारण एकता नै ध्वस्त भएको अवस्था रहेको छ भने अर्कोतर्फ युवा नेता अझ शसक्त रुपमा आम तमाम युवाहरुलाई सम्माननिय प्रधानमन्त्री केपी ओली ज्युको नेतृत्वमा रहेको पार्टीर्को विशाल पंक्तिमाथी गोलबन्द गराउँदै अझै कठोर योद्वाहरु जन्माउँदै र गोलबन्द गर्दै आइरहनु भएको कुरा सबैसामु छर्लङ्ग नै छ ।
सरकारले गर्न खोजेका हरेक कदममा बिरोधीको नजर लाग्न लागेपछी बाध्यात्मक कदमको उपज प्रतिनिधि सभाको बिघटन हो । यस कदमको हामी सबैले खुलेर समर्थन गर्नैपर्छ । किनभने अहिलेको निर्वाचनको परिणाम माधव नेपाल र प्रचण्डको अनुहार हेरेर यिनिहरुलाई प्रधानमन्त्री बनाउनको लागि थिएन । यो विशाल जनमत त केवल सम्माननिय प्रधानमन्त्री ज्युको दुरदृष्टि विकासप्रतिको स्पष्ट दृस्टिकोण, लगाब, झुकावको परिणितीस्वरुप जनमत गएको निर्वाचनमा बिम्बित भएको हो । त्यसैले यो संसद विघटन जायज पनि हो भने ताजा जनमतमा जानू लोकतन्त्रको उपहास होइन यो त सुन्दरता हो ।
आज लोकतान्त्रिक मोर्चाको अग्रणी लडाइमा बसेर प्रधानमन्त्रीसँग राष्ट्र समृद्धिको उचाइको लागि सहयात्री उहाँको योद्धा बनेर प्रमुख भुमिका खेलिरहनु भएका श्रद्धय महेशक् बस्नेत ज्युले जुन पहल कदमी लिरहनु भएको छ, त्यो आफैमा सगौरवपूर्ण छ । म आफू पनि युवा संघको एक कर्मठ सिपाही इमान्दार कार्यकर्ता साथै सदैब कम्युनिष्ट आन्दोलनप्रति निस्ठावान, सामाजिक ब्यक्ती भएको हिसावले भन्नुपर्दा उहाँ जति कठिन समयलाई सहज तुल्याएर जनता माझ अगाडी बढ्न सक्ने अहिले दोश्रो पुस्ताको नेता मध्येमा निकै कम नेतामा उहाँ एक हुनुहुन्छ ।
मृत संगठनलाई जीवन प्रदान गर्दै हामी आम युवाको हौसला बढाउँदै निर्वाचनको माहोल निर्माण गर्न दत्तचित्त भएर उहाँ लाग्नु भएको छ । यसमा हामी आम तमाम युवाहरुको साथ रहेको छ्दै छ । साथै निर्वाचन मार्फत विशाल जनमत कमाउँदै सम्पूर्ण नेपाली युवालाई कम्युनिष्ट आन्दोलनप्रति बफादार तथा निष्ठावान बनाउँदै अगाडी बढ्नुपर्ने चुनौतीलाई महेश बस्नेतको नेतृत्वमा मात्र सम्भव छ ।
जनकपुरबाट सुरु भएको मेची महाकाली यात्रा अबिरलरुपमा देशको विभिन्न भागमा पुगेको छ नै, त्यसले देशब्यापी तरङ्ग पैदा मात्र गराएको छैन, सरकारप्रति दिग्भ्रमित पारिएका विषयको वास्तबिकताको कसिमा जनताले जाच्ने र प्रष्ट हुने मौका समेत पाएका छन् । भने प्रधानमन्त्री केपी शर्मा ओली ज्युको तथा उहाँको कदमको पक्षमा सकारात्मक लहर आएको नै छ । त्यसैले युवा संघमा गोलबन्द बनौं, सुनौलो राष्ट्र निर्माणको महान् अबिचलित र अनवरत संघर्षलाई जारी राखौं । जय देश जय स्वाभिमान, जय मातृभुमी नेपाल ।