काठमाडौँ, ५ माघ । बलिउड अभिनेत्री कंगना रनौतले हालै कलाकार हुनुको अर्को नकारात्मक पक्षबारे चर्चा गरेकी छिन् ।
उनले ट्विटमा लेखेकी छन्, “नेपोटिजम र मुभी माफियाभन्दा बाहेक एक कलाकार हुनुको अर्को डरलाग्दो पाटो भनेको नाइट सिफ्ट हो । जब सूर्यास्त हुन्छ तब तपाईं सुत्नुहुन्छ, तपाईंको शरीरको प्रक्रिया र खाद्य चक्र बिग्रन्छ । पहिलो केही रात मलाई भोक लाग्दैन र म हराएको महसुस गर्दछु । मेरो शरीरलाई यसको बानी हुने दिन पर्खिरहेको छु, ट्विटरमा के समाचार छ ?”
भोपालमा नयाँ थ्रिलर चलचित्र ‘धाकड’ को छायांकनमा रहेकी उनले यो ट्विट गरेकी हुन् । रजनिश घई निर्देशित यो चलचित्रमा कंगनाले जासूसीको भूमिका निभाउँदै छिन् ।