प्रधानमन्त्री कप प्रतियोगितामा आज दुई वटा खेल हुँदै

काठमाडौँ, ५ माघ । प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा आज दुई वटा खेल हुँदै छन् ।

समूह ‘बी’ को खेलमा वाग्मती प्रदेश र सुदूरपश्चिम प्रदेश तथा समूह ‘ए’को खेलमा गण्डकी र प्रदेश नम्बर एक खेल्दैछन् ।

वाग्मती र सुदूरपश्चिमको खेल बिहान नौ बजे कीर्तिपुर मैदानमा तथा गण्डकी र प्रदेश एकको खेल बिहान नौ बजे नै मूलपानी क्रिकेट मैदानमा सुरु हुनेछ । वाग्मतीले हिजो भएको खेलमा साविक विजेता पुलिसलाई ७ विकेटले हराउँदै विजयी सुरुवात गरेको छ । गण्डकी र प्रदेश एक यसअघिका खेलमा पराजित भएका थिए ।

गण्डकीलाई आर्मीले ९८ रनले हराएको थियो भने प्रदेश एक एपीएफसँग १ सय ३५ रनको फराकिलो अन्तरले पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ असोज । २०औं एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटतर्फका खेलहरू आजदेखि सुरु भएका छन् । जापानको आइचीस्थित निशिनमा रहेको कोरोगी

काठमाडौँ, ६ असोज । काठमाडौँको बौद्ध स्थित महेन्द्र माध्यमिक विद्यालयका एक सय ५० जनाभन्दा बढी छात्रालाई महिला हिंसाविरुद्ध आत्मरक्षा तथा

काठमाडौँ, ३ असोज । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले खेलाडी राष्ट्रका गौरव र गहना भएको बताउँदै स्थानीय तहबाटै खेलाडीको

काठमाडौँ, ३० भदौ । एसियन गेम्स क्रिकेट प्रतियोगिता खेल्ने नेपाली टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आज दीपेन्द्र