बिल्बाओले जित्यो सुपर कपको उपाधि

एजेन्सी, ५ माघ । क्याटलान क्लब बार्सिलोनामाथि रोमाञ्चक जित निकाल्दै एथ्लेटिक बिल्बाओले स्पेनिस सुपर कप फुटबलको उपाधि जितेको छ । गएराति भएको खेलमा बार्सिलोनालाई ३-२ गोल अन्तरले पराजित गर्दै बिल्बाओले सुपर कपको उपाधि जितेको हो ।

बार्सिलोना उपाधि मुखमा पुगेर अन्तिम समय सम्हालिन नसक्दा बिल्बाओले उपाधि उचाल्यो । खेलको ८९औं मिनेटसम्म बार्सिलोना २-१ ले अघि थियो । ९० औं मिनेटमा बिल्बाओले गाेल गरेपछि  ९० मिनेटको खेल २-२ मा सकिएकाे थियाे ।

त्यसपछि खेलमा ३० मिनेटको समय थपिएको थियो । थप समयमा बिल्बाओले तेस्रो गोल गर्दै सुपर कपकाे उपाधि जित्याे । बिल्वाओको यो तेस्रो सुपरकप उपाधि हो । यसअघि बिल्वाओले १९८४ र २०१५ मा उपाधि जितेको थियो । बार्सिलोनाले सर्वाधिक १३ पटक सुपरकपको उपाधि जितेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ असोज । २०औं एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटतर्फका खेलहरू आजदेखि सुरु भएका छन् । जापानको आइचीस्थित निशिनमा रहेको कोरोगी

काठमाडौँ, ६ असोज । काठमाडौँको बौद्ध स्थित महेन्द्र माध्यमिक विद्यालयका एक सय ५० जनाभन्दा बढी छात्रालाई महिला हिंसाविरुद्ध आत्मरक्षा तथा

काठमाडौँ, ३ असोज । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले खेलाडी राष्ट्रका गौरव र गहना भएको बताउँदै स्थानीय तहबाटै खेलाडीको

काठमाडौँ, ३० भदौ । एसियन गेम्स क्रिकेट प्रतियोगिता खेल्ने नेपाली टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आज दीपेन्द्र