त्रिविमा बेथितिः तलबमा वार्षिक ४ अर्बभन्दा बढी खर्च

काठमाडौँ, ५ माघ । त्रिभुवन विश्वविद्यालय र मातहतका क्याम्पस तथा निकायमा अध्यापनरत कर्मचारीको तलबमा मात्रै वार्षिक अनुमानित खर्च ४ अर्ब रुपैयाँ हुने गरेको पाइएको छ ।

त्रिवि मातहत रहेका प्राध्यापक, सहप्राध्यापक, उपप्राध्यापक, सहायक प्राध्यापक, शिक्षण सहायकलगायतका लागि मात्रै वार्षिक अनुमानित ३ अर्ब ८७ करोड १६ लाख ७० हजार ७ सय ६० रुपैयाँ तलब स्केलमा खर्च हुने गरेको छ । यसरी हेर्दा त्रिविमा अध्यापन गर्नेहरूको मासिक तलबमा अनुमानित ३२ करोड २६ लाख ३९ हजार २ सय ३० रुपैयाँ खर्च हुने गरेको देखिएको त्रिवि आर्थिक प्रशासन महाशाखाले उपलब्ध गराएको विवरणमा उल्लेख छ ।

त्रिविको १ साउन २०७६ देखि लागु भएको तलबमानअनुसार प्राध्यापकका लागि वार्षिक ४१ करोड २१ लाख ३८ हजार ५ सय ६० रुपैयाँ खर्च हुने गरेको छ । यस्तै सहप्राध्यापकका लागि वार्षिक १ अर्ब २५ करोड ४२ लाख ४३ हजार ३ सय ६० रुपैयाँ खर्च हुने गरेको छ । त्रिवि आर्थिक प्रशासन महाशाखाका अनुसार उपप्राध्यापकका लागि तलबमा मात्रै वार्षिक १ अर्ब ४८ करोड २७ लाख ५३ हजार ६ सय रुपैयाँ खर्च हुने गरेको छ ।

यस्तै सहायक प्राध्यापकका लागि वार्षिक १७ लाख २७ हजार ५ सय २० रुपैयाँ तलबमा खर्च हुने गरेको देखिएको छ । त्रिविमा प्राध्यापक वा सोसरह पदमा कार्यरतको तलब स्केल मासिक ६० हजार ६ सय ८० निर्धारण गरिएको छ । त्रिविमा शिक्षण सहायकका रूपमा कार्यरतले मासिक ३५ हजार ९ सय ९० रुपैयाँ बुझ्ने गरेका छन् । शिक्षण सहायकमा कार्यरतका लागि वार्षिक ७२ करोड ८ लाख ७ हजार ७२० रुपैयाँ तलब स्केलमा खर्च हुने गरेको छ । यो समाचार आजको राजधानी दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ फागुन । हरिवंश आचार्य, नामै काफी छ । नाम सुन्नासाथै जो कोहीका मुहारमा हाँसो छचल्किन्छ । उनले बोल्न थाल्दा

काठमाडौँ, १० फागुन । हलिउड अभिनेत्री जेनिफर एनिस्टनले नेपाली राष्ट्रपति विद्यादेवी भण्डारीको प्रशंसा गरेकी छिन् । एनिस्टनले शुक्रबार आफ्नो इस्टाग्राममा

काठमाडौँ, ९ फागुन । बलिउड अभिनेत्री करिना कपुरले दोस्रो सन्तानलाई जन्म दिएकी छन् । आज बिहान मुम्बइको ब्रिज क्यान्डी अस्पतालमा

काठमाडौँ, ९ फागुन । वरिष्ठ अभिनेता तथा क्याप्टेन बिजय लामा अभिनित ‘मान्छे’ बोलको म्युजिक भिडियो रिलीज भएको छ । जीवन शाहीको

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021