ओलीको प्रश्‍न : संसद् विघटन मैले गरेको हुँ, राष्ट्रपतिमाथि किन हमला ?

काठमाडौँ, ५ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले नेपालको संविधानको धारा ७६ को उपधारा १ र ७, धारा ८५ एवं राष्ट्रिय तथा अन्तरराष्ट्रिय अभ्यास र अनुभवका आधारमा विघटनको सिफारिस गरेको बताएका छन् ।

अखिल नेपाल महिला सङ्घ (अनेमसं)को दोस्रो केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै ओलीले देश बर्बाद हुनबाट बचाउन आफूले प्रतिनिधिसभा विघटन गर्न वाध्य भएको बबताएका छन् । उनले भने, ‘संविधानको धारा ७६ (७) र धारा ८५ अनुसार राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय अभ्यासलाई समेत ध्यानमा राखेर सिफारिस गरिएको छ।’

‘संविधानमा राष्ट्रपतिले सरकारको सिफारिशमा काम गर्ने व्यवस्था छ, अहिले त्यसअनुसार नै भएको हो’, ओलीले भने, ‘कमीकमजोरी कुरा गर्ने हो भने मसँग भन्ने हो, राष्ट्रपतिले हेर्ने होइन ।’ उनको प्रश्‍न थियो, ‘संसद् विघटन मैले गरेको हुँ, राष्ट्रपतिमाथि किन हमला ? यो समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

मकवानपुर, १३ फागुन । मकवानपुरको हेटौंडा उपमहानगरपालिका ११ नवलपुरमा ट्रकको ठक्करबाट टेम्पो चालकको मृत्यु भएको छ । आज बिहान ना

काठमाडौँ, १३ फागुन । व्यवस्थापनले श्रमजीवि पत्रकारको हक अधिकारको स्थायित्व गर्नुको साटो उल्टै रोजिरोटीबाटै विमुख हुने अबस्था सिर्जना गराएको भन्दै

काठमाडौँ, १३ फागुन । पूर्वाधार विषयमा समाचार सङ्कलन गरिरहेका सञ्चारकर्मीले खोजी पत्रकारितामा केन्द्रित हुनुपर्नेमा जोड दिइएको छ ।  नेपाल आर्थिक पत्रकार

काठमाडौँ, १३ फागुन । नेपाल राष्ट्र बैंकले आज बिहिबार तोकेको विनिमय दर अनुसार यस प्रकार रहेको छ । Exchange Rate

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021