प्रतिनिधिसभा विघटन : संविधानसभामा भएको छलफलको रेकर्ड मगाउन माग

काठमाडौँ, ४ माघ । प्रतिनिधिसभा विघटनसम्बन्धी सर्वोच्च अदालतमा परेको रिट निवेदनहरुमाथि नियमित वहश तथा सुनुवाई शुरु भएसँगै निवेदकका वकिलहरुले संविधानसभामा भएको छलफलको रेकर्ड मगाउन माग गरेका छन् ।

प्रतिनिधिसभा विघटनको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा आइतबारदेखि पुनः शुरु भएको बहश तथा सुनुवार्इका क्रममा रिट निवेदकका वकिलहरूले संसद विघटनसम्बन्धी संविधान सभामा भएको छलफलको रेकर्ड मगाउन माग गरेका हुन् ।

बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले इजलाससमक्ष सो माग गरेका हुन् । तर, त्रिपाठीको मागमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले यो कुरा पहिला नै आएको छ, हाम्रो नोटमा छ । आवश्यक परे रेकर्ड मगाउँछौं भनेर जवाफ दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ वैशाख । खरबुजा गर्मीको बेला हाम्रो शरीरलाई निकै फाइदाजनक फल हो । खरबुजामा पाइने पानीको कारणले शरीरलाई हाइड्रेटेड

काठमाडौँ, ६ बैशाख । पोखराको राष्ट्रबैंक चोकमा माइक्रो र स्कार्पिओ आपसमा ठोकिँदा ८ जना घाइते भएका छन् । कास्की प्रहरीका

काठमाडौँ, ६ बैशाख । यूएईलगायत खाडी क्षेत्रमा भीषण वर्षाका कारण उडान रोकिँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँमा सयौँ यात्रु अलपत्र परेका

काठमाडौँ, ६ बैशाख । धनुषामा एक ट्रक प्याज बरामद भएको छ । सशस्त्र प्रहरी बल नेपाल नं. ८ गण धनुषाले १५२