मुम्बई, ४ माघ । कुष्णसार सिकारको मुद्दामा सलमान खानलाई १६ जनवरीमा अदालतमा पेस हुन भनिएको थियो । तर, उनका वकिलले महामारीको बहाना बनाएर सुनुवाइबाट छुट पाउन खोजे । यसपटक पनि अदालतले सलमानलाई छुट दियो । तर, अब फेब्रुअरी ६ मा अदालतमा हाजिर हुन निर्देशन दिइएको छ ।
यस सुनुवाइका न्यायाधीश देवेन्द्र कच्छवाहले सलमानलाई दोस्रोपटक छुट दिएका हुन् । यसअघि, २०२० डिसेम्बर १ मा अदालतमा पेस हुनुपर्ने थियो । तर, महामारीको बहाना बनाउँदै सलमान अदालतमा उपस्थित भएनन् । सन् २०१८ को अप्रिलमा यो मुद्दा सेसन अदालतमा पुगेपछि सलमानले सुनुवाइमा हाजिर नभएको यो १७ औँपटक हो ।
सलमानमाथि सन् १९९८ ‘हम साथ साथ हैं’को छायांकनको क्रममा कृष्णसार (ब्ल्याकबक)को सिकार गरेको आरोप लगाइएको थियो । अन्य कलाकारहरु निर्दोष साबित भइसकेको छन् । यद्यपि, सलमान खानलाई ५ वर्षको जेल सजाय सुनाउने अदालतको आदेशलाई चुनौती दिँदै सलमानले सेसन अदालतमा निवेदन पेस गरेका थिए । यस मुद्दामा सलमानका साथै सैफ अली खान, तब्बु, नीलम र सोनाली बेन्द्रे पनि मुछिएका थिए । यद्यपि, उनीहरु ३ दिन जेल सजायपछि निर्दोष साबित भएका थिए । बलिउड हंगामा