एउटै पालिकामा १५ हजार रोपनी सार्वजनिक जमिन अतिक्रमण

काठमाडौँ, ४ माघ । पर्वतको जलजला गाउँपालिकामा १५ हजार रोपनी सार्वजनिक जमिन अतिक्रमण गरेको पाइएको छ । गाउँपालिकाले गठन गरेको अनुगमन समितिले मालढुंगा–बेनी सडकखण्ड र कालीगण्डकी किनारलगायतका क्षेत्रमा बहुमूल्य सार्वजनिक जमिन अतिक्रमण गरी व्यक्तिले प्रयोग गर्दै आएको पाइएको हो ।

गाउँपालिकाले समिति बनाएर हालै सार्वजनिक जग्गा खोजी गरेको थियो । समितिले एक वर्षसम्म गरेको अध्ययनका क्रममा १५ हजार २ सय ८२ रोपनी सार्वजनिक जग्गा विभिन्न व्यक्तिले अतिक्रमण गरेको पाइएको छ । मालढुंगा–बेनी सडकखण्ड वरिपरिका बजार क्षेत्रमा बढी मात्रामा जग्गा कब्जा गरेको पाइएको गाउँपालिकाका सामाजिक विकास अधिकृत लीलाधर सुवेदीले जानकारी दिनुभयो ।

गाउँपालिकामा सार्वजनिक जग्गा कब्जा गरिएको सर्वसाधारणले लामो समयदेखि गुनासो गर्दै आएका थिए । ‘सार्वजनिक जमिन अतिक्रमण गरेको लगत तयार गरेका छौं’, सामाजिक विकास अधिकृत सुवेदीले भन्नुभयो– ‘अतिक्रमित जमिन फिर्ता गर्नका लागि गाउँपालिकालाई सिफारिस गरेका छौं ।’

जलजला गाउँपालिका–२, ३, ४, ७ र ८ मा स्थानीय बासिन्दाले सार्वजनिक जग्गा आफूखुसी भोगलचन गर्दै आएका छन् । सार्वजनिक जग्गा खोजी अभियानका क्रममा मालढुंगा–बेनी सडकछेउ तथा कालीगण्डकी किनारमा मात्रै ठूलो परिमाणमा अतिक्रमण गरिएको पाइएको गाउँपालिका अध्यक्ष यामबहादुर मल्लले बताउनुभयो । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ फागुन । संवैधानिक निकायमा गरिएको नियुक्ति र प्रतिनिधिसभा पुनःस्थापनाको विषय पृथक भएकाले पुनःस्थापनासँग संवैधानिक नियुक्तिको विषय नजोडिने र

काठमाडौँ, १३ फागुन । थप १ सय १२ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या २ लाख ७३ हजार ८

काठमाडौँ, १३ फागुन । प्रतिनिधिसभा पुन:स्थापनासँगै नयाँ सत्ता समीकरणको लागि प्रचण्ड-माधव पक्ष र जसपा नेतृत्वबीच छलफल भएको छ । पुष्पकमल

काठमाडौँ, १३ फागुन । निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कानुनी रूपमा एउटै दल भएकाले आधिकारिकताबारे तत्काल कुनै निर्णय आवश्यक

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021