सीमाविवाद दुई ढंगले छलफल गर्दै जाने सहमति भयो: मन्त्री ज्ञवाली

काठमाडौँ, ४ माघ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालमा तत्काल आवश्यक पर्ने कोभिड भ्याक्सिनको पूर्तिका लागि भारत तयार रहेको बताएका छन् ।

शनिबार नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी भएर स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो जानकारी गराएका हुन् । ‘यसबारे भारतसँग महत्वपूर्ण छलफल भएको छ । भ्याक्सिन सहयोगका लागि नेपाल प्राथमिकतामा पर्ने भारतले स्पष्ट पारेको छ,’ मन्त्री ज्ञवालीले भने ।  

दुई पक्षीय बैठकमा नेपाल–भारतबीच पारवहन सम्झौता पुनरवलोकन शीघ्र सम्पन्न गर्ने र वाणिज्य सन्धिको पुनरवलोकनका लागि आवश्यक प्रक्रिया अघि बढाउने सहमति भएको उनले जानकारी गराए । बैठकमा सीमाविवाद जतिसक्दो छिटो समाधान गर्ने दुवै पक्षले प्रतिबद्धता जनाएको र सीमाविवाद समाधानका लागि बनेको संयन्त्र तथा राजनीतिक तहमा समेत गरी दुवै ढंगले छलफल गर्दै जाने सहमति भएको उनले बताए । 

बैठकमा नेपाली पक्षले १९५० को शान्ति र मैत्री सन्धिको पुनरवलोकन, नेपाल–भारत प्रबुद्ध समूहले पेस गरेको रिपोर्ट र नेपाललाई हवाई प्रवेशद्वार उपलब्ध गराउनेलगायत विषय उठान गरेको थियो । यो समाचार आजको नागरिक दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ फागुन । आज शेयर बजार झण्डै ४५ अङ्कले घटेको छ । सबै समूहको शेयर ओरालो लागेपछि नेप्से ४४ दशमलव

काठमाडौँ, १२ फागुन । आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज

मोरङ, १३ फागुन  । उपभोग्य मिति पाँच वर्ष अगाडि समाप्त भएको खाद्य सामग्री रहरको दाल बिक्री गरेको आरोपमा विराटनगरका एक व्यापारीलाई

काठमाडौँ, १३ फागुन । नेपाल राष्ट्र बैंकले आज बिहिबार तोकेको विनिमय दर अनुसार यस प्रकार रहेको छ । Exchange Rate

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021