प्रचण्ड–माधव टाई मिलाउँदै कांग्रेसको शरणमा आउनुभयोः प्रवक्ता शर्मा

काठमाडौँ, ३ माघ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपाल कम्युनष्टि पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा माधवकुमार नेपाल टाई मिलाउँदै कांग्रेसको शरणमा आएको बताउनुभयो ।

नेपाली कांग्रेस मध्यपुर थिमि नगर कार्य समितिले आज प्रतिनिधिसभा विघटनविरुद्ध आयोजना गरेको विरोधसभामा सम्बोधन गर्दै नेता शर्माले हिजो कांग्रेसलाई टर्र्चलाईट लगाएर खोज्नुपर्छ भन्ने माधव–प्रचण्ड हाल आएर कांग्रेसको केन्द्रीय कार्यालय आइपुग्नु परेको बताउनुभयो । प्रधानमन्त्री केपी ओलीसँग लड्न नसक्ने भएपछि अहिले आन्दोलनको नाममा सहकार्यको प्रस्ताव राखिएको भन्दै आक्रोस व्यक्त गर्नुभयो ।

कांग्रेस नेपाली जनताको लागि मात्र नभई मुलुक तथा राजनीतिक दलको साह्रो गाह्रो पर्दा सवैको सारथीको रुपमा रहेको बताउनुभयो । हिजो निर्वाचनमा जनताले जस–जसलाई भोट दिए पनि कांग्रेस जनताको साथमा रहेको बताउनुभयो । पहिले कांग्रेस तथा कम्युनिष्ट नभई मुलुकको अवस्थामा गंभिर हुनुपर्नेमा जोड दिँदै जनताको सपनालाई कुण्ठित गर्नु नहुने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ फागुन । अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भमा आयोजित वक्तृत्वकलामा पद्मकन्या माविको कक्षा दसकी जस्मिन भुजेल प्रथम हुनुभएको छ ।

काठमाडौँ, १४ फागुन । काठमाडौँको दक्षिणकाली नगरपालिका-६ मा टिप्परको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।  गएराती नाम्चेखानीबाट फर्पिङका लागि छुटेको

भैरहवा, १४ फागुन । रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–५ की प्रेमा यादव (२१) र मायादेवी गाउँपालिका–३ हरहरवाका राजकुमार यादव (२२) दुई

काठमाडौँ, १४ फागुन । कोरोना  भाइरस  सङ्क्रमणबाट  मृत्यु  हुनेको  सङ्ख्या  पुनः  थप  भएको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडिमियोलोजी 

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021