सर्वोच्चको फैसला कांग्रेसलाई मान्य हुन्छ : शेखर कोइराला

मोरङ, ३ माघ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले संसद् विघटन सम्बन्धमा सर्वोच्च अदालतले दिने निर्णय आफ्नो पार्टीलाई स्वीकार्य हुने बताएका छन् ।

मानव अधिकार तथा शान्ति समाज मोरङ शाखाको साधारणसभाका अवसरमा आज विराटनगरमा आयोजित कार्यक्रममा उनले सर्वोच्चले कसैको दबाब र प्रभावमा नपरी निष्पक्षरुपमा निर्णय सुनाउनेमा आफू विश्वस्त रहेको बताए ।

केन्द्रीय सदस्य कोइरालाले राष्ट्रलाई हामीले प्रमुख प्राथमिकतामा राख्नुपर्नेमा जोड दिँदै संविधान, लोकतन्त्र र सङ्घीयतालाई संस्थागत गर्न नागरिक समाज एवं राजनीतिक दलको काँधमा ठूलो जिम्मेवारी आएको उल्लेख गरे ।

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य जीवन घिमिरेले लोकतन्त्रलाई संस्थागत गर्न नागरिकको भूमिका महत्वपूर्ण हुने धारणा राखे ।

जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य जयराम यादवले गणतन्त्रको उपलब्धिको रक्षा गर्नु हामी सबैको कर्तव्य भएको बताए ।

समाजका संस्थापक अध्यक्ष कृष्ण पहाडीले विगतको तितोमिठो अनुभवका आधारमा संविधानमा संसद् विघटनको विषयमा प्रष्ट व्यवस्था गरिएको बताए ।

समाजका केन्द्रीय अध्यक्ष उत्तम पुडासैनी, केन्द्रीय सदसय विकास थापा, मोरङ अध्यक्ष डिल्ली कार्की, इन्सेकका प्रदेश संयोजक सोमराज थापा, एलिट क्लबका अध्यक्ष विश्वनाथ रिजाल र सञ्चारकर्मी गणेश लम्सालले मुलुकमा राजनीतिक स्थायित्व कायम गर्नेतर्फ राजनीतिक दलको ठूलो जिम्मेवारी रहेको धारणा राखे । समाजले आज नयाँ नेतृत्व चयन गर्नेछ । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

मकवानपुर, १३ फागुन । मकवानपुरको हेटौंडा उपमहानगरपालिका ११ नवलपुरमा ट्रकको ठक्करबाट टेम्पो चालकको मृत्यु भएको छ । आज बिहान ना

काठमाडौँ, १३ फागुन । व्यवस्थापनले श्रमजीवि पत्रकारको हक अधिकारको स्थायित्व गर्नुको साटो उल्टै रोजिरोटीबाटै विमुख हुने अबस्था सिर्जना गराएको भन्दै

काठमाडौँ, १३ फागुन । पूर्वाधार विषयमा समाचार सङ्कलन गरिरहेका सञ्चारकर्मीले खोजी पत्रकारितामा केन्द्रित हुनुपर्नेमा जोड दिइएको छ ।  नेपाल आर्थिक पत्रकार

काठमाडौँ, १३ फागुन । नेपाल राष्ट्र बैंकले आज बिहिबार तोकेको विनिमय दर अनुसार यस प्रकार रहेको छ । Exchange Rate

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021