काठमाडौँ, ३ माघ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य सुवास नेम्वाङले प्रधानमन्त्री केपी शर्मा ओलीलाई किन अवरोध गरेको भन्दै प्रश्न गरेका छन् ।
प्रदेश नम्बर १ कमिटीले तीनकुनेस्थित रोयल ब्याङ्वेटमा आयोजित कार्यक्रममा बोल्दै उनले भने, “महाधिवेशनबाट नयाँ पुस्तालाई अध्यक्ष र प्रधानमन्त्री बनाउँछु म कक्षा दोहोर्याउने विद्यार्थी होइन भन्नुभएको थियो । यस्तो बेलामा हामी किन यहाँ आइपुग्यौं । केपी ओलीलाई किन अवरोध ? बाटो छेकिन्छ ।”
उनले ओलीलाई कारबाही गरेर माधवकुमार नेपालप्रति कटाक्ष गरे । “मैले नाम बिसिएँ, केपी कमरेडलाई कारबाही गरेर अध्यक्ष बन्नुभो रे । केहीअघि केपी शर्मा ओलीसँग हार्नुभएको थियो रे । अहिले उहाँले केपी कमरेडलाई हटाएर अध्यक्ष बन्नुभो रे । कस्तो सजिलो र’छ । थाहै थिएन,’’ नेम्वाङले भने ।
केपी ओलीलाई नपत्याएर के गर्न खोजेको भन्ने प्रश्न देशले खोजिरेहको उनले बताए ।