पूर्व-पश्चिम रेलमार्ग : रेखांकनमै स्थानीयको अवरोध

काठमाडौँ, २ माघ । पूर्व पश्चिम रेलमार्गमा विवाद उत्पन्न भएको छ । उक्त रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने क्रममा बाराको निजगढ नगरपालिकामा विवाद उत्पन्न भएको हो ।

रेलमार्गको रेखांकन क्षेत्रमा सर्भे गर्न पुगेको टोलीले निजगढवासीको अवरोध सामना गर्नुपरेको हो । रेलमार्गको रेखांकन क्षेत्रभित्र आफ्नो घर जग्गा गर्ने देखिएपछि निजगढवासी त्यसको विरोधमा उत्रेका हुन् ।

सर्भेका इन्चार्ज इन्जिनियर सुरज पौडेलका अनुसार रेगलमार्गको रेखांकन क्षेत्रभित्र पर्ने भौतिक संरचना तथा जमिनको विवरण उठाउन खोज्दा स्थानीयबाट अवरोध सिर्जना भएको हो ।

‘रेलमार्ग कहाँबाट लग्दा उपयुक्त हुन्छ । यो खण्डमा कस्ता संरचना छन् भन्ने विवरण लिन निजगढ आएका हौँ,’ पौडेलले भने, ‘यो प्रारम्भिक चरण हो ।’ सर्भेको क्रममा उपलब्ध गराएको विवरणको आधारमा रेल विभागले उपयुक्त स्थानबाट रेलमार्गको रेखांकन तय गर्छ । यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २४ फागुन । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा रहेका सम्पूर्ण राजनीतिक पार्टी तथा राज्यका हरेक तहमा

गलेश्वर, २४ फागुन । “मैले सात वर्षदेखि आधारभूत तह (कक्षा १–८) मा अङ्ग्रेजी विषय पढाउँदै आएकी छु, तर मेरो तलब सोही

ललितपुर, २४ फागुन । ललितपुरको महाँकाल गाउँपालिका र काभ्रेको बेथानचोक गाउँपालिकाले अन्तरपालिका सहकार्य तथा समन्वय गर्ने भएका छन् । दुबै

भक्तपुर, २४ फागुन । सूर्यविनायक नगरपालिका वडा नं. २ साविक बालकोट गाउँ विकास समिति वडा नं. १ मा रहेको कित्ता

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021