यस कारण अझै पर्ख र हेरको मुडमा सभापति देउवा

काठमाडौँ, २ माघ । नेकपाका दुवै समूहले सत्ता, सडक र निर्वाचनसम्ममा सहकार्य गर्न प्रस्ताव राख्दै आए पनि काँग्रेस सभापति शेरबहादुर देउवाले अझै केही समय पर्ख र हेर कै अवस्थामा पार्टीलाई राख्ने मनस्थिति बनाएका छन् ।

औपचारिकरुपमा विभाजन नभएसम्म नेकपाको एउटा नेतृत्वलाई विस्थापित गरेर अर्को नेतृत्वलाई स्थापित गर्ने एजेन्डामा काँग्रेस सहयोगी हुन नमिल्ने देउवाको भनाइ छ ।

निर्वाचन वा प्रतिनिधिसभा पुनःस्थापना जुन मोर्चामा काँग्रेस उभिन्छ, त्यसैको पक्षमा पल्लाभारी हुन सक्ने बुझाइ नेकपाका दुवै समूहका नेताहरुमा छ । नेकपाको विभाजनले केन्द्रमा मात्रै नभइ प्रदेश सरकारमा पनि काँग्रेस निर्णायक देखिएको छ ।

प्रदेश १ र वाग्मतीमा नेकपाको पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूहले केपी शर्मा ओली पक्षीय मुख्यमन्त्री क्रमशः शेरधन राई र डोरमणि पौडेललाई हटाउन अविश्वासको प्रस्ताव दर्ता गराइसकेको छ ।

ओली पक्षकै मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ र लुम्बिनीका शंकर पोखरेल नेतृत्वको सरकार पनि धरमरमा छ । एक दुई सांसद मात्रै तलमाथि रहेका यी प्रदेशमा दाहाल–नेपाल पक्षले काँग्रेसको निर्णय पर्खेको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ फागुन । हरिवंश आचार्य, नामै काफी छ । नाम सुन्नासाथै जो कोहीका मुहारमा हाँसो छचल्किन्छ । उनले बोल्न थाल्दा

काठमाडौँ, १० फागुन । हलिउड अभिनेत्री जेनिफर एनिस्टनले नेपाली राष्ट्रपति विद्यादेवी भण्डारीको प्रशंसा गरेकी छिन् । एनिस्टनले शुक्रबार आफ्नो इस्टाग्राममा

काठमाडौँ, ९ फागुन । बलिउड अभिनेत्री करिना कपुरले दोस्रो सन्तानलाई जन्म दिएकी छन् । आज बिहान मुम्बइको ब्रिज क्यान्डी अस्पतालमा

काठमाडौँ, ९ फागुन । वरिष्ठ अभिनेता तथा क्याप्टेन बिजय लामा अभिनित ‘मान्छे’ बोलको म्युजिक भिडियो रिलीज भएको छ । जीवन शाहीको

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021