थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको काम सुरु

काठमाडौँ, २ माघ । थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको काठमाडौँतर्फबाट सुरुङ खन्ने काम शुक्रबारदेखि सुरु हुँदैछ । धादिङतर्फबाट भने गत महिना नै सुरुङ खन्ने काम सुरु भइसकेको छ ।

सुरुङमार्ग निर्माणको जिम्मा पाएको निर्माण कम्पनी हाज्मा आन्दो कर्पोरेसनका इन्जिनियरले निर्माणस्थलमा बिहीबार विशेष पूजाआजा गरिएपछि शुक्रबारदेखि सुरुङ खन्ने तयारी गरेको थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख नरेशमान शाक्यले जानकारी दिए । “पूर्व (काठमाडौँ) तर्फबाट सुरुङ खन्न शुक्रबार मुखमा स्टिलको ढोका (स्टिल रिब्स) राखिन्छ र सुरुङ खनिन्छ । ढोका राखिन्छन् फेरि एक मिटर सुरुङ खनिन्छ, फेरि ढोका राखिन्छ । ढोका राख्ने र खन्ने काम सँगसँगै अगाडि बढ्छन्,” आयोजना प्रमुख शाक्यले भने ।

धादिङतर्फको सुरुङ खन्ने काम पुस ८ गते सुरु भएको थियो । धादिङतर्फको सुरुङ २३ मिटर खनिएको छ । काठमाडाँैतर्फको सुरुङमार्गको मुख चन्द्रागिरि नगरपालिकाको टुटीपाखामा पर्छ भने धादिङतर्फको मुख धुनीबँेसी नगरपालिकाको सिस्नेखोलामा रहेको छ ।

कोरोना भाइरसको महामारी तथा स्थानीयवासीको अवरोधका कारण निर्धारित कार्यतालिकाभन्दा ढिलो सुरु भएको थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माणले पुनः गति लिएको बताउँदै उनले निर्धारित समयमा नै काम सम्पन्न गर्ने लक्ष्यसहित नियमित कामबाहेक अतिरिक्त सिफ्ट र अतिरिक्त समयमा कामलाई तीव्रता दिइएको जानकारी दिए । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ फागुन । थप ७८ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या २ लाख ७४ हजार १ सय ४३

काठमाडौँ, १६ फागुन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पुराना नेता एवं पूर्वसांसद डा शङ्करप्रसाद उप्रेतीको निधनप्रति दुःख व्यक्त

झापा, १६ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आज कमल गाउँपालिका वडा नं २ स्थित कमल खोलाको पक्की पुलको उद्घाटन

काठमाडौँ, १६ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली आज गृहजिल्ला झापाको आफ्नो निर्वाचन क्षेत्र झापा क्षेत्र नम्बर ५ मा चीन-नेपाल

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021