काठमाडौँ, १ माघ । पछिल्लो समय नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा आन्तरिक विवादका कारण कार्यकर्ताहरु अन्योलमा परेका छन् । पार्टी फुटको संघारमा रहेको बेला कुन समुहमा जाने र आगामी दिनमा नेकपाको भविष्य के हुन्छ ? भन्ने आम नेकपाका कार्यकर्तामा निरासा छाएको छ ।
आगामी दिनको राजनीतिक यात्रालाई उज्वल, दिगो र प्रभावकारी बनाउन नेकपाका कार्यकर्ताहरु चिन्तीत मात्र भएका छैनन्, कि अब कुन बाटो अपनाउनुपर्ने हो भन्नेमा गंभिर प्रश्न खडा भएको छ । यसै प्रशंगमा नेपाली राजनीतिको मुख्य जिल्लाको रुपमा रहेको धादिङ पनि एक हो । जहाँ तत्कालिन नेकपा माओवादीको खासै प्रभाव नरहेता पनि तत्कालिन एमालेको बाहुल्यता राम्रै रहेको जिल्ला हो । नेकपाका अध्यक्ष केपी शर्मा ओली र माधव कुमार नेपाल समुहको कडा रुपमा प्रतिस्पर्धा रहेको देखिन्छ ।
वर्तमान नेकपा कस्को हुने भन्नेमा लडाई चलिरहेको समयमा केन्द्र, प्रदेश तथा स्थानीय तहमा समेत गुट र उपगुटमा नेता तथा कार्यकर्ताहरु सक्रिय हुन थालेको देखिन्छ । यसै क्रममा धादिङ जिल्लाको उत्तरी क्षेत्रमा विशेष भूमिका निर्वाह गर्नुहुने संस्थापन पक्ष केपी ओली नेतृत्वमा दृढताका साथ अटल र अडिग रहनुभएका तथा पार्टीको आवश्यकता र अब्बलता प्रस्तुत गर्नुभएका युवा नेताको रुपमा ध्रुव अधिकारी स्थापीत हुँदै जानुभएको छ । युवाहरुलाई गोलबन्द गरी समाज रुपान्तरणको मुख्य अभिभाराको रुपमा अधिकारीले जिम्मेवारी निर्वाह गर्दै आउनुभएको छ ।

पार्टीमा जस्तो सुकै विवाद र समस्या पैदा भएपनि नेकपाको संस्थापन पक्ष पनि केपी ओली नै रहेको तर्क गर्दै नेता अधिकारीले एभरेष्ट मिसनसँग कुरा गर्दै भन्नुभयो, ‘केपी ओलीको नेतृत्वमा मुलुकको स्वर्ण युग शुरु भएको छ । देश विकासको भिजन छ, आत्मविश्वास छ, काम प्रति दृढतालगायतका कुराहरुमा सम्माननीय प्रधानमन्त्री केपी ओलीको रहेको छ । केपी ओलीकै नेतृत्वमा नेपाल र नेपालीको भाग्य र भविष्यको रेखा कोर्न सकिन्छ ।’ उहाँले पुष्पकमल दाहाल प्रचण्ड तथा माधव कुमार नेपाल समुहले पार्टीलाई ध्वङ्स गरेर नयाँ संसार खोज्नु नहुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालले नेतृत्व गर्नुभएको गुटले पार्टीलाई ध्वस्त पारेर अगाडी बढेमा जनताले साथ दिने छैनन् । नेकपामा प्रचण्ड र माधव पद र प्रतिष्ठाको लागि मात्र हो । प्रचण्ड र माधवले कुनै पनि काम गर्न खरानी चाहियो भनेर आफ्नो घर नजलाउनुहोस् । यो कुरा जनताले स्वीर्को छैनन् ।’
नेपालको एउटैमात्र राष्ट्रप्रेमी नेता केपी ओली रहेको उल्लेख गर्दै नेता अधिकारीले प्रधानमन्त्री ओली विकास र समृद्धिको परिकल्पनाकार मात्र नभई नेतृत्वकर्ता रहेको दावी गर्नुभयो । सयौं समस्यालाई सहजै समाधान दिन सक्ने क्षमता नेपालको कुनै नेतामा छ भने त्यो केपी ओलीमा मात्र रहेको दावी गर्दै युवा नेता अधिकारीले ओलीकै नेतृत्वमा नेपालको राष्ट्रिय स्वभिमान विश्वसामु सगरमाथा भन्दा अटल भएको उल्लेख गर्नुभयो ।
जापान, युरोपलगायतका मुलुकहरुमा रही समय सापेक्ष चल्न तथा परिवर्तनका ढोकाहरु खुल्ला गर्नुपर्ने साथै नविनतम प्रविधिको प्रयोग गरी आधुनिक तवरले नेतृत्व गर्नुपर्नेमा जोड दिनुहुने युवा नेता अधिकारी विभिन्न व्यापार व्यवसायमा समेत दक्षता हासिल गर्नुभएको छ । धादिङको उत्तरी क्षेत्रमा भएको स्थानीय तहको निर्वाचनमा विशेष भूमिका निर्वाह गर्नुभएका नेता अधिकारी विदेशीको मुख ताक्ने भन्दा पनि आफ्नो क्षमतालाई सही तवरले प्रयोग गरी आत्मनिर्भर बन्दै नेपालमा नै रोजगारीको अवसर सिर्जना गर्न सकिने कुरामा विश्वास गर्नुहुन्छ ।

नेकपा पार्टीभित्रको विवाद पद र प्रतिष्ठाको लागि मात्र भएकाले नेताको पद र प्रतिष्ठाभन्दा पनि जनताको चाहना र आवश्यकता मुख्य कुरा भएको बताउनुभयो । समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई सार्थकता बनाउन अबको १० वर्ष केपी ओलीको नेतृत्व जनताले खोजिरहेको उल्लेख गर्दै उहाँले केपी ओलीको भिजनले केही नेकपाकै नेताहरु आत्तीएको समेत आरोप लगाउनुभयो ।
नेकपा फुट्ने नभई केही नेताहरु चोइटिएर जानेमात्र भएको उल्लेख गर्दै नेता अधिकारीले विगतमा सूर्य चिन्ह सुन्नसाथ तर्सिनेहरु अहिले आएर अनैतिक रुपमा सूर्य चिन्ह दावी गरिरहेको भन्दै आक्रोस जनाउनुभयो । केपी ओली नेतृत्वको नेकपा नै संस्थापन पक्ष भएकाले चोइटिएर जानेले सूर्य चिन्ह र नेकपा नाम नपाउनेमा उहाँ विश्वस्त रहनुभएको छ ।
विगतको इतिहासमा समेत केपी ओली नेतृत्वको पार्टी नेकपामा दृढताका साथ अगाडी बढ्नुभएका नेता अधिकारी अबका दिनमा समेत धादिङमा उदाउँदो युवा नेताको रुपमा हेरिएको छ । कुनै पनि समस्या समाधान लिएर आएको हुन्छ भन्ने कुरालाई आत्मसात् गर्दै सवै जनताको समस्यालाई समान ढंगले व्यवहारिक रुपमा समाधान गरी कसैलाई काखा त कसैलाई पाखा नगर्ने उहाँको व्यवहार रहेको छ ।
