काठमाडौँ, २९ पौष । नेपाल प्रहरीका ११ जना प्रहरी उपरीक्षक (एसपी)को प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० मा बढुवा गर्न सिफारिस गरिएको छ ।
बुधबार दिउँसो बसेको बढुवा समितिको बैठकपछि गृह मन्त्रालयले बढुवा सिफारिस गरेको हो । प्रहरी प्रधान कार्यालय, नक्सालले प्रकाशन गरेको सूची अनुसार कृष्णकुमार महत, गोविन्दकुमार शाह, उमाशंकर पञ्जियार, अर्जुन चन्द ठकुरी, जनकराज पाण्डेय, सुरेन्द्रप्रसाद मैनाली, कृष्णहरि शर्मा पोखरेल, चक्रबहादुर सिंह, दिल्लीराज पन्त, मधुसुधन लुइँटेल र मोहनप्रसाद पोखरेललाई एसएसपीमा बढुवा गर्न सिफारिस गरिएको छ । गृहको सिफारिसमाथि मन्त्रिपरिषदले एक सातापछि निर्णय गर्नेछ ।
