काठमाडौँ, २९ पौष । नेपाल सरकारले चैत्र ११ गतेदेखि बन्द रहेका हलहरु सुरक्षा मापदण्ड अपनाएर खोल्ने निर्णय गरेको छ ।
सरकारले हल खोल्ने निर्णयसँगै हल संचालन तथा अनुगमनको मापदण्ड पनि तयार पारेको छ । सरकारले सार्वजनिक गरेको मापदण्डमा रहेर प्रदर्शकहरुले हल संचालन गर्नुपर्नेछ ।

