‘दि भ्वाइस अफ नेपाल ३’को कोचमा तृष्णाको इन्ट्री

काठमाडौँ, २९ पौष । गायन रियालिटी शो ‘दि भ्वाइस अफ नेपाल’को सिजन ३ को कोचमा गायिका तृष्णा गुरुङ इन्ट्री भएकी छन ।

आज पत्रकार सम्मेलन गरी सिजन २ मा कोचको रुपमा रहेकी गायिका आस्था राउतले यो बर्ष समय दिन नभ्याएपछि उनको स्थानमा गायिका तृष्णा गुरुङलाई कोचको रुपमा अनुवन्धित गरिएको जानकारी दिएको हो ।

‘दि भ्वाइस अफ नेपाल’को तेश्रो संकरणमा कोचको रुपमा जोडिन पाउँदा आफू निकै नै उत्साहित भएको र आफ्नो तर्फबाट बेष्ट दिन आफूले कुनै कसर बाँकी नराख्ने तृष्णाले बताइन् ।

अहिले ‘दि भ्वाइस अफ नेपाल ३’को डिजिटल अडिसन चलिरहेको छ । एक महिनापछि हिमालय टेलिभिजन एचडीबाट यो शो प्रशारण हुने बताइएको छ । शोमा कोचको रुपमा गायकत्रय दिप श्रेष्ठ, प्रमोद खरेल र राजु लामा भने यथावत् नै छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ वैशाख । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले कच्चा दूधमा बर्ड फ्लूको भाइरस ‘एचफाइभ एनवान’ सङक्रमण भेटिएको जनाएको छ ।

काठमाडौँ, ८ बैशाख । गुगलले नयाँ फिचर ल्याएको छ लामो समयदेखि । अहिले गुगलले आफ्नो गुगल मेसेजेजको लागि धेरै सुविधाहरू

काठमाडौँ, ८ बैशाख । तनहुँको आँबुखैरेनी गाउँपालिकाले सञ्चालित आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस मेसिन प्रदान गरेको छ ।   नेपाल

काठमाडौँ, ८ बैशाख । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका