युवा नेतृ अधिकारीको रावललाई प्रश्नः ‘तपाईलाई आफ्नो आमाको मुख हेर्न लाज लागेन ?’

काठमाडौँ, २९ पौष । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा आन्तरिक विवाद चुलिरहेको समयमा पछिल्लो समय पूर्वउपप्रधानमन्त्री तथा नेकपा प्रचण्ड गुटका नेता डा. भिव रावल एक पछि अर्को गर्दै दैनिक जसो आलोचित हुन थाल्नुभएको छ ।

साविक एमालेको समय कालमा धेरै जनताको नजरमा उत्कृष्ट सावित हुनुभएका डा. रावल प्रचण्डको गुटमा गएसँगै तिव्र आलोचना बढ्दै गएको छ । प्रचण्ड गुटमा गएपछि केही समय अघि तत्कालिन एमालेको ३० लाख रुपैंया चोरेको भन्दै आलोचित बन्न पुग्नुभयो । त्यसपछि राष्ट्रपति र प्रधानमन्त्रीलाई दिएको अभिव्यक्तिबाट कडा रुपमा आलोचित हुनुहुन्छ । केपी ओलीको नेतृत्वको एमालले बैद्धिक बन्न सिकायो भने प्रचण्डको नेतृत्वले अराकज तथा चोर बन्न सिकाएको नेकपाकै नेताहरुले सार्वजनिक कार्यक्रममा नै अभिव्यक्ति दिइरहेका छन् । त्यती मात्र नभई आम नेपाली महिलालाई अपहेलित हुने अभिव्यक्ति दिनुभएको भन्दै सम्पूर्ण नेपाली महिलाहरु डा. रावलप्रति आक्रामक बन्दै गएका छन् ।

यसै क्रममा एभरेष्ट मिसनसँग नेकपाको युवा नेतृ, साविक युवा संघ नेपालको सचिव, महिला विभाग प्रमुख अञ्जना अधिकारीले समेत डा. रावलप्रति कडा रुपमा आक्रोस व्यक्त गर्नुभयो । डा. रावलले एक कार्यक्रममा प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीको दोस्रो पटक गरिएको मृगौला प्रत्यारोपणका क्रममा महिलाको मृगौला प्रयोग गरिएकै कारण ओलीको दिमागले काम गर्न छोडेको अभिव्यक्ति दिनु भएको थियो । सोही प्रशंगमा आम नेपाली महिलाहरु महिलालाई कमजोर सोचेको भन्दै डा. रावलप्रति आक्रोसित भएका छन् ।

‘स्त्रीको अंग केपी ओलीको शरीरमा पसेकोले गर्दा दिमागले काम गरेन’ भन्ने अभिव्यक्तिलाई कडा रुपमा काउण्टर गर्दै हामीसँग कुरा गर्दै नेतृ अधिकारीले भन्नुभयो, ‘भिम रावलको पिएडी खोलै खोलामा बग्ने गरी गर्नुभएको रहेछ । म उहाँलाई भन्न चाहन्छु, के तपाई एक्लै पुरुषको कोखबाट जन्मनुभएको हो ? के तपाईको शरीरमा पानी बगेको छ या त्यही जन्मदिने आमाको रगत बगेको छ ? तपाईले त्यो शब्द बोलेपछि आफ्नो आमाको अनुहार हेर्न सक्नुभयो ? तपाईलाई लाज लागेन ?’

तत्कालिन एमालेले बौद्धिक बन्न सिकायो तर प्रचण्डले चोर बन्न सिकाएको भन्दै नेतृ अधिकारीले भन्नुभयो, ‘आगामी निर्वाचनमा तपाईसँग भिड्न अञ्जना अधिकारी काफि छ । चुनाव लड्न तयार छु । तपाईलाई नेपाली दिदी बहिनीले नै देखाइदिनेछन्, तपाईको पक्षमा छन् की अञ्जना अधिकारीको पक्षमा छन् ।’

पुष्पकमद दाहाल प्रचण्ड तथा माधव कुमार नेपालको नेतृत्वमा भइरहेको आन्दोलनले जनताको बहुदलीय जनवाद (जबज) तथा आम नेपाली महिलालाई अपमान गरेको उल्लेख गर्दै नेतृ अधिकारीले राष्ट्रपति विद्यादेवी भण्डारीको सिंदुर र पोतेको हकदार स्व. जननेता मदन भण्डारीलाई समेत मार्चण्ड ग्रुपले अपमान गरेको भन्दै आक्रोस जनाउनुभयो ।

राष्ट्रपति भण्डारीकै नेतृत्वमा महिला हक, अधिकारलाई संविधानमा नै सुनिश्चित गरी तीन तहका सरकारमा महिलाको सहभागिता उल्लेख्य मात्रामा रहेको उल्लेख गर्दै उहाँले जसले गर्दा हाल महिलाहरुले मुलुकको नेतृत्वदायी भूमिका निर्वाह गरी समृद्धि नेपाल सुखी नेपालीको महान् अभियानका सारथीको रुपमा स्थापीत हुँदै गएको, भ्रष्टाचारलाई नियन्त्रण गर्दै अगाडी बढ्न सफल भएको दावी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘उठौं, जागौं र महिला हिंसाको विरुद्धमा केपी ओली नेतृत्वको नेकपामा लागौं । नेपाली दक्ष युवा युवतीले विदेशी भूमिको विकासको लागि जानुपर्ने बाध्यताको अन्त्य गर्न अबको १० वर्ष केपी ओलीको नेतृत्व आवश्यकता छ । अमेरिका, जापान, युरोप, स्वीजरल्याण्डलगायतका विकसित मुलुक बनाउन हामी लाग्नुपर्ने कुरा मार्चण्ड ग्रुपलाई नपचेका कारण राजनीतिक समस्या पैदा भएको छ । आफ्नो गति छाडेर प्रचण्ड–माधव प्रस्तुत भएका छन् । त्यसको भण्डाफोर गरौं ।’

फरक प्रशंगमा नेतृ अधिकारीले कांग्रेसका युवा नेता गगनकुमार थापाको राजनीतिक स्तर तथा क्षमता जनताले प्रष्ट रुपमा बुझेको उल्लेख गर्दै तल्लो स्तरको राजनीति नगर्न चेतानी दिनुभयो ।

नेता थापा एक कार्यक्रममा राष्ट्रपति भण्डारीलाई चुनावमा लड्न आउन चेतावनी दिएको प्रशंगलार्य कोट्याउँदै नेतृ अधिकारीले विगतमा तत्कालिन एमालेको तर्फबाट काठमाडौँमा नै कांग्रेसका ठूला नेतालाई भण्डारीले सानदारका साथ हराएको स्मरण गराउनुभयो । नेता थापाको कथित राजनीति तथा अन्या अपराधिक गतिविधि, भ्रष्टाचारलगायतका यात्रा जानतामा जगजायर भएको उल्लेख गर्दै आफ्नो हैसियत विर्षिएर अभिव्यक्ति नदिन नेता थापालाई चेतावनी समेत दिनुभयो ।

उहाँले भन्नुभयो, ‘गगन जन्मिएर गुच्चा खेल्दै गर्दा, गुलेली चलाउँदै हुनुहुन्थ्यो होला, राजनीतिको र समेत बुझ्न नसकिरहेको समयमा समेत कांग्रेसकै ठूला नेतालाई राष्ट्रपति भण्डारीले काठमाडौँमा नै धुलो चटाएर निर्वाचित भएको याद छ ?’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ माघ । कुर्सी र पदीय स्वार्थको लागि सति जान पछि नपर्ने विभाजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल

काठमाडौँ, ४ माघ । थप २ सय ६६ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या २ लाख ६७ हजार ३

काठमाडौँ, ४ माघ । सरकारले घोषणा गरेको मितिमै निर्वाचन सम्पन्न गर्न निर्वाचन आयोगले माघ १५ गते मतदाता नामावली प्रकाशित गर्ने

File photo काठमाडौँ, ४ माघ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । राष्ट्रपति भण्डारीलाई