गृहजिल्ला र काठमाडौँमा नेपाललाई लाग्यो कडा झट्का

काठमाडौँ, २९ पौष । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता माधवकुमार नेपाललाई गृहजिल्ला रौतहट र निर्वाचन जिल्ला काठमाडौं दुवैतिरवाट झट्का लागेको छ ।

विगतमा निकै राम्रो साथ पाएका नेता नेपाल गृहजिल्ला रौतहट र निर्वाचन जिल्ला काठमाडौंका प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहका प्रतिनिधिले साथ नदिएपछि अप्ठ्यारोमा परेका छन् । नेकपा प्रदेश २ का अध्यक्ष प्रभू साह र सचिव सुमन प्याकुरेलको साथ नपाएका नेपालले यसअघि पनि आफ्नो गृहजिल्लामा जिल्ला कमिटी सदस्यको सपथसमेत खुवाउन सकेका थिएनन् ।

आफ्नै सिफारिसमा परेका समानुपातिक सांसदको साथ पाए पनि रौतहटमा उनले त्यस्तो कुनै कार्यक्रम गर्न सकेका छैनन्। पछिल्लो समयमा प्रचण्ड समूहलाई छाडेर प्रधानमन्त्री केपी शर्मा ओलीतिर लागेका सहरी विकासमन्त्री साहले रौतहटमा भव्य आमसभा आयोजना गरिसक्दा पनि नेपालनिकट नेताहरू कोठे बैठकमा सीमित भएका छन् ।

रौतहटका प्रभावशाली नेताहरू तुल्सीराज गिरी, उद्धव रेग्मी, अब्दुल कलामलगायतका नेताहरूले नेपालको साथ छाडेका छन् । नेपालपक्षले प्रभावशाली रूपमा कार्यक्रम गर्न सकेको पनि देखिएको छैन।  नेकपाले जीत हासिल गरेका रौतहटका मौलापुर र कटहरियाका मेयर ओलीतिर खुलेका छन् ।

यता काठमाडौँमा नेपाललाई एकजना जीवनराम श्रेष्ठले मात्रै साथ दिएका छन् । अध्यक्ष ओलीलाई काठमाडौंका सांसदहरू ईश्वर पोखरेल, कृष्ण राई, कृष्णगोपाल श्रेष्ठ, रामवीर मानन्धरले साथ दिएका छन् । प्रदेशसभाका १६ सांसदमध्ये नेपाललाई जम्मा चार जनाले मात्रै साथ दिएका छन्। ओलीको पक्षमा १२ जना सांसद उभिएका छन्।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ माघ । कुर्सी र पदीय स्वार्थको लागि सति जान पछि नपर्ने विभाजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल

काठमाडौँ, ४ माघ । थप २ सय ६६ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या २ लाख ६७ हजार ३

काठमाडौँ, ४ माघ । सरकारले घोषणा गरेको मितिमै निर्वाचन सम्पन्न गर्न निर्वाचन आयोगले माघ १५ गते मतदाता नामावली प्रकाशित गर्ने

File photo काठमाडौँ, ४ माघ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । राष्ट्रपति भण्डारीलाई