३ वर्षसम्म सरकारमा बस्नेहरु अहिले ढुंगा हान्दै हिँडेका छन्: मन्त्री रायमाझी

काठमाडौँ, २९ पौष । ऊर्जामन्त्री टोपबहादुर रायमाझीले ३ वर्षसम्म केपी ओली नेतृत्वको सरकारमा बसेकाहरुले नै अहिले सडकमा ढुंगा हान्दै हिँडेको आरोप लगाएका छन् ।

रिपोर्टर्स क्लवमा आज आयोजित कार्यक्रममा बोल्दै मन्त्री रायमाझीले ३ वर्षसम्म सरकारमा बसेर अन्तिममा प्रधानमन्त्रीलाई नै ‘कु’ गर्ने षड्यन्त्रको मतियार बनेकाहरु नै अहिले सडकमा ढुंगा हान्दै हिँडेको बताएका हुन् ।

उनले भने, ‘पार्टीभित्रैबाट सरकार ढालेर व्यवस्था नै धरापमा पार्ने षड्यन्त्र भएपछि सिस्टम बचाउँन प्रधानमन्त्रीले बाध्यात्मक कदम चाल्नुभयो । ३ वर्षसम्म सरकारमा बस्नेहरु अहिले ढुंगा हान्दै हिँडेका छन् । वास्तवमा यिनीहरु कसैलाई चुनाव जितिन्छ भन्ने नै छैन ।’

मन्त्री रायमाझीले विस्तारै माहौल फेरिन लागेको दावी गर्दै केपी ओली नेपालको नायक भएकाले चुनाव ओली नेतृत्वकै पार्टीले जित्ने बताए । उनले नेकपा फुटेका बेला प्रतिपक्ष उत्साहित भएर चुनावमा जानुपर्नेमा अलमल गर्नुले पनि उनीहरुमा जितिन्छ भन्ने आत्मविश्वास नरहेको दावी गरे ।

मन्त्री रायमाझीले एमसीसी पास गरे पनि नगरे पनि विद्युत प्रसारण लाइनको लागि एक मिनेट पनि समय खेर फाल्न नसकिने बताए । उनले भदौदेखि नेपालको विजुली प्रसारण लाइनको अभावमा खेर जाने र अर्बौ रुपैयाँ राज्यलाई घाटा हुने भएकाले एमसीसीको बारेमा दलहरु र सरकार एउटा टुंगोमा पुग्नै पर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ माघ । कुर्सी र पदीय स्वार्थको लागि सति जान पछि नपर्ने विभाजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल

काठमाडौँ, ४ माघ । थप २ सय ६६ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या २ लाख ६७ हजार ३

काठमाडौँ, ४ माघ । सरकारले घोषणा गरेको मितिमै निर्वाचन सम्पन्न गर्न निर्वाचन आयोगले माघ १५ गते मतदाता नामावली प्रकाशित गर्ने

File photo काठमाडौँ, ४ माघ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । राष्ट्रपति भण्डारीलाई