प्रचण्ड–माधव समुहद्वारा आधा दर्जनको उपस्थितमा ‘बृहत सडक’ आन्दोलन !

काठमाडौँ, २९ पौष । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा आन्तरिक विवादका कारण संघिय संसद विघटन भई निर्वाचनको मिति समेत सार्वजनिक भएको छ । यसै क्रममा प्रधानमनत्री तथा पार्टी अध्यक्ष केपी ओलीको नेतृत्वमा रहेको पार्टी निर्वाचनको तयारीमा जुटेको छ भने अर्कोतर्फ पुष्प कमल दाहाल प्रचण्ड र माधव कुमार नेपालले नेतृत्व गरेको समूह भने सडक आन्दोलनमा छ ।

सत्ता स्वार्थ र कुर्सीको लडाईको लागि मरिहत्ते गरेर लागि परेका प्रचण्ड–माधव समुह भने आधा दर्जनको उपस्थितीमा सडकमा रहेको छ । देशभर जनताको साथबाट नांगिदै गएको उक्त समुहले भने अझै पनि प्रधानमन्त्री बन्ने र देशलाई खोक्रो बनाउने प्रयास नै गरेको देखिन्छ । भ्रष्टाचार, अनियमितता, विभिन्न प्रकारका हिंसात्मक गतिविधिलाई पश्रय दिने प्रचण्ड–माधव समुहलाई देश र जनता भन्दा पनि आफु र आफ्नो परिवार, आफन्तवादको नै चिन्ता देखिएको छ ।

अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङको नेतृत्वमा उनीहरु निकट आधार दर्जनको अहिले सडक आन्दोलन चलिरहेको छ । जसको नाम दिइएको छ, ‘प्रधानमन्त्रीको असंवैधानिक कदमको विरुद्ध संविधान बाचन कार्यक्रम’ । कार्यक्रममा संविधानको धारा पढेर सुनाइएको छ । प्रधानमन्त्रीले संसद विघटन गर्न पाउने अधिकार छ कि छैन भनि वाचन गरिएको छ ।

उक्त आन्दोलनकारीको मात्र हैन अनेरास्ववियूका सक्रिय नेताको समेत उपस्थिती रहेको छैन । केवल सहभागिता रहेको छ त, हिजो चप्पल लगाएर हिड्नेहरु आज महंगा महंगा गाडी तथा रातो बंगलामा आफ्नो छोरा छोरी पढाउने गरेका छन् । त्यस्ता व्यक्तिलाई कहाँबाट आउँछ त्यो रकम ?

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । गृह मन्त्रालयले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई दिइएको हतियार अनुमतिबारे छानबिन गर्न समिति गठन गरेको छ ।

काठमाडौँ, १६ चैत । जेनेभामा भएको अन्तर व्यवस्थापिका सङ्घ (आईपीयू) को महासभामा सहभागी भएर सभामुख देवराज घिमिरेसहितको टोली आज स्वदेश

काठमाडौँ, १६ चैत । सत्ता साझेदारीमा सहकार्य गरेका पाँच दलले इलाम–२ र बझाङ–१ (१) को उपनिर्वाचनमा आपसमा प्रतिस्पर्धा गर्ने भएका

काठमाडौँ, १६ चैत । नेपाल दूरसञ्चार प्राधिकरणका लागि ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम’ (एमडीएमएस) प्रणाली जडान गर्न उपकरण तथा परामर्श सेवा