नारायणकाजी श्रेष्ठको प्रवेशपछि पूर्व माओवादीको अवसान सुरु भयो: मन्त्री भट्ट

कैलाली, २८ पौष । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले पुष्प कमल दाहाल प्रचण्डले पार्टीमा नारायणकाजी श्रेष्ठलाई ल्याएपछि पूर्व माओवादीको अवसान सुरु भएको बताउनुभएको छ ।

नेकपा ओली समूहले मंगलबार धनगढीमा आयोजना गरेको तेस्रो बैठकमा मन्त्री भट्टले पूर्व माओवादी छिन्नभिन्न हुनुको कारण नारायणकाजी श्रेष्ठ रहेको स्पष्ट पार्नुभयो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य समेत रहनुभएका मन्त्री भट्टले श्रेष्ठलाई एकतामा ल्याउनु ठुलो भूल भएको बताउनुभयो । मन्त्री भट्टले वैद्य, बादल र विप्लवले पार्टी छोड्नुको कारण पनि श्रेष्ठ नै रहेको तथ्य सार्वजनिक गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘शान्ति प्रक्रियामा आइसकेपछि जनमोर्चा एकता केन्द्र भन्ने जोडिएको थियो । त्यहीँबाट पूर्व माओवादीको अवसान हुन सुरु भएको हो । ‘यदि उहाँलाई त्यो एकतामा नल्याएको भए माओवादी पार्टी हिजोको भन्दा ठूलो बलियो हुने थियो । नारायणकाजी त्यो पार्टीमा धमिरोको रूपमा पसे र आज पनि यहाँ त्यही गरे ।’

प्रधानमन्त्री केपी शर्मा ओली धनगढीमा आउँदा मुख्यमन्त्रीले परम्परा नमानेको भन्दै आक्रोश व्यक्त गर्दै मन्त्री भट्टले मुख्यमन्त्री त्रिलोचन भट्ट चाकरीमा लागेको भट्टको आरोप लगाउनुभयो । मन्त्री भट्टले सरकारले घोषणा गरेको मितिमै निर्वाचन हुने भन्दै कार्यकर्तालाई चुनावमा केन्द्रित हुन समेत निर्देशन दिँदै भन्नुभयो, ‘वैशाख १७ र २७ मै निर्वाचन हुन्छ,’ नेता भट्टले भन्नुभयो, ‘तपाईंहरू ढुक्क भएर निर्वाचनको तयारीमा लाग्नुहोस् ।’ उहाँले प्रधानमन्त्री ओलीले नेतृत्व गरेको पार्टीले अधिकारीक हुने र चुनाव चिन्ह समेत आफूहरुले पाउने स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

कञ्चनपुर, १३ फागुन । कञ्चनपुरको भीमदत्तनगरपालिका–१८ भगतपुरमा डेरा गरी बस्ने एक विद्यार्थीको आज छतबाट लडेर मृत्यु भएको छ ।  मृत्यु

वीरगञ्ज, १३ फागुन । स्रोत नखुलेको २५ लाख ३५ हजार रुपैयाँसहित दुईजना भारतीय नागरिकलाई बाराबाट प्रहरीले पक्राउ गरेको छ ।

सिरहा, १३ फागुन । सिरहाको मिर्चैया नगरपालिका– ७ स्थित सामुदायिक वन क्षेत्रमा आज बिहान सडेको अवस्थामा एक महिलाको शव फेला

मकवानपुर, १३ फागुन । मकवानपुरको हेटौंडा उपमहानगरपालिका ११ नवलपुरमा ट्रकको ठक्करबाट टेम्पो चालकको मृत्यु भएको छ । आज बिहान ना

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021