काठमाडौँ, २८ पौष । अमेरिकामा कोरोना संक्रमितको संख्या २ करोड २० लाख नाघेको छ ।
विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा अमेरिकामा २ लाख ४८ हजार ८९ संक्रमित थपिएसगै कोरोना संक्रमितको संख्या २ करोड २० लाख ९ हजार २७५ पुगेको हो ।
त्यस्तै गएको २४ घण्टामा ३ हजार ४१८ संक्रमितको मृत्यु भएको छ । तथ्यांक अनुसार अमेरिकामा हालसम्म ३ लाख ६९ हजार ३०४ कोरोना संक्रमितको मृत्यु भएको छ ।